काठमाडौं । बुधबार ५० अंकले उकालो लागेको सेयर बजार परिसुचक (नेप्से) विहिबार ३.६८ अंकले ओरालो लागेको छ । यसदिन बैकिङ ६.३४, विकास बैंक ८.१३, जलबिद्युत २.३४, फाइनान्स ७.३५, उत्पादन ५.४६ अंकले ओरालो लागेको छ, भने होटल ७.६९, बिमा ३३.७१ र अन्य ३.४७ अंकले उकालो लागेको छ ।
दिनभर एक अर्ब ३८ करोड रुपैयाँ बराबरको एक करोड ३८ लाख कित्ता कारोबार भएको छ । विहिबारको कारोबारमा धेरै कारोबार हुने कम्पनीमा प्रभू बैंक, नेशनल लाइफ इन्सुरेन्स, राष्ट्रिय बिमा कम्पनी, राष्ट्रिय बिमा कम्पनी प्रमोटर सेयर, एनसीसी बैंक लगायतका रहेका छन् ।
यसदिन मिर्मिरे माइक्रोफाइनान्स र काबेली विकास बैंकले १० प्रतिशतको हाराहारीमा कमाएका छन् भने तनहु विकास बैंक, गुडविल फाइनान्स र अरुण हाइडोपावर धेरै गुमाउनेमा कम्पनीमा परेका छन् ।
प्रतिक्रिया