काठमाडौं । साताभर सेयर बजारमा पाँच अर्ब १८ करोड १७ लाख रुपैयाँ बराबरको ७५ लाख १६ हजार ७५० कित्ता सेयर कारोबार भएको छ । यो गत साताको तुलनामा ३७.६९ प्रतिशतले कम हो । अघिल्लो साता बजारमा ८ अर्ब ३१ करोड ६६ लाख बराबरको कारोबार भएको थियो ।
त्यस्तै साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ६.७३ अंकले बढेर अन्तिम दिन १६५८.३४ अंकमा पुगेको छ । साता कारोबार रकम र कारोबार सेयरको आधारमा एनसीसी बैंक (२१ करोड ७७ लाख ८० हजार रुपैयाँ) पहिलो स्थानमा रहेको छ । त्यस्तै राष्ट्रि बिमा कम्पनी, प्राइम लाइफ इन्योरेन्स, प्रभू बैंक र गुराँस लाइफ इन्स्योरेन्स कारोबारको आधारमा साताका उत्कृष्ट कम्पनीहरु परेका छन् ।
त्यस्तै यस साता नेपाल लाइफ इन्स्योरेन्सको साधारण सेयर, कैलास विकास बैंक, मन्जुश्री फाइनान्स, बुटवल फाइनान्स, नेपाल एसबिआइ बैंक, अल्पाइन डेभलपमेन्ट बंैक, पुर्णिमा बिकास बैंक, सप्तकोसी डेभलपमेन्ट बैंक, सानाकिसान विकास बैंक, मेरो माइक्रो फाइनान्स, सेन्ट्रल फाइनान्स, गुह्वेश्वरी मर्चेन्ट, समिट माइक्रोफाइनान्स, लुम्बिनी फाइनान्स र सहारा बिकास बैंकको बोनस सेयर सुचिकृत भएको छ । ति कम्पनीहरुको दुई करोड ४४ लाख २५ हजार सात सय ४५ कित्ता सेयर सुचिकृत भएको हो ।
प्रतिक्रिया