वि.सं. २०८३ कार्तिक २६
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

फस्र्ट माइक्रोफाइनान्सका लगानीकर्तालाई २:१ को अनुपातमा हकप्रद विक्रि खुल्ला

फस्र्ट माइक्रोफाइनान्सका लगानीकर्तालाई २:१ को अनुपातमा हकप्रद विक्रि खुल्ला
अर्थटुडे
२०७४ बैशाख १०, आईतवार

काठमाडौं । फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले लगानीकर्तालाई २ बराबर १ कित्ताको अनुपातमा हकप्रद सेयर दिने भएको छ  चैत २९ गतेसम्म कायम भएका सेयरधनीले हकप्रदका लागि बैशाख २८ गतेबाट आवेदन दिन सक्नेछन् ।

बैंकले १०० रुपैयाँ अंकित १३ लाख २२ हजार ५०० कित्ता जारी गर्न लागेको हो । हाल २६ करोड ४५ लाख पुँजी रहेको बैंकको उक्त हकप्रद बिक्रीसँगै पुँजी ३९ करोड ६७ लाख ५० हजार पुग्नेछ ।

बैंकको हकप्रद निश्कासन तथा बिक्री प्रवन्धकमा ग्लोबल आइएमइ क्यापिटल रहेको छ । हकप्रदका लागि बिक्रीप्रवन्धकको मुख्य कार्यालय, बैंकका सबै शाखा र ग्लोबल आइएमइ बैंकका ७ वटा शाखाबाट आवेदन दिने व्यवस्था मिलाइएको छ ।

हकप्रदको आवेदन दिने समय जेठ ३१ गतेसम्म तोकिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?