काठमाडौं । चुनावी किचलोसँगै बजेट पनि अन्योलमा परेपछि सेयर बजार सुस्ताएको छ । मंगलबार नेप्से सूचक ३.४० विन्दुले घटेर १६७२.३८ अंकमा आएर अडिएको छ । यसदिन कुल १४७ कम्पनीको एक अर्ब १३ करोड रुपैयाँको कारोबार भएको छ ।
वाणिज्य बैंक ८.४२, जलविद्युत ८.५२ र अन्य समूह १.७४ अंकले ओरालो लागेको छ भने बाँकी समूहका सूचक उकालो लागेको छ । मंगलबार सबैभन्दा धेरै बिमा समूहको सूचक ५१.७३ विन्दुले बढेको छ भने होटेल सूचक पनि २१.७१ अंकले माथितिर लागेको छ ।
यसदिन सबैभन्दा बढी हिमालय जनरल इन्सयोरेन्सको कारोबार भएको छ । यस कम्पनीको ९ करोड ९४ लाख रुपैया कारोबार भएको छ । त्यस्तै प्राइम लाइफ इन्सुरेन्स र प्रभु बैंकको पनि धेरै कारोबार भएको छ । यी दुई कम्पनीको क्रमश ८ करोड र चार करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
प्रतिक्रिया