काठमाडौं । साताको अन्तिम दिन विहिबार सेयर बजार परिसुचक (नेप्से) झिनो अंकले बढेको छ । साताको पहिलो दिन ह्वात्तै बढेको बजार त्यसपछि लगातार घट्दै गएको थियो । विहिबार नेप्से ०.३२ अंकले उकालो लागेको छ । यसदिन बैकिङ ५.७९ अंक र अन्य ४.९१ अंक बाहेक सबै समुहगत परिसुचक उकालो लागेको छ । होटल ६६.५३, विकास बैंक ६.०५, जलबिद्युत १४.७६, फाइनान्स ६.२८ र बिमा ६९.८ अंकले उकालो लागेको छ । बजारमा दिनभर एक अर्ब १० करोड बराबरको कारोबार भएको छ ।
विहिबार धेरै कारोबार भएका कम्पनीहरुमा सिद्धार्थ इन्सुरेन्स, नेपाल लाइफ इन्सुरेन्स, राष्टिय बिमा कम्पनी, प्रभू बैंक लगायतका रहेका छन् । यसदिन एनबी इन्सुरेन्सले १० प्रतिशतले कमाएको छ । त्यस्तै मेरो माइक्रोफाइनान्स, प्रोगेसिभ फाइनान्स, सप्तकोसी डेभलपमेन्ट बैंक र ललितपुर फाइनान्सले १० प्रतिशको हाराहारीमा कमाएका छन् ।
त्यस्तै गुमाउनेहरुमा गुह्वेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनन्स, बरुण हाइडोपावर, कन्काइ विकास बैंक रहेका छन् ।
प्रतिक्रिया