वि.सं. २०८३ कार्तिक २६
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एक बर्षमा दोहोरो लाभ पाए सूर्या लाइफका लगानीकर्ताले,फेरी१०% बोनस र ४०% हकप्रद सेयर दिने

एक बर्षमा दोहोरो लाभ पाए सूर्या लाइफका लगानीकर्ताले,फेरी१०% बोनस र ४०% हकप्रद सेयर दिने
अर्थटुडे
२०७४ बैशाख १४, बिहीबार

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले १० प्रतिशत बोनस सेयर र ४० प्रतिशत हकप्रद सेयर वितरण गर्ने भएको छ ।
कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले आफ्ना लगानीकर्ताहरुलाई वोनस र हकप्रद सेयर दिने निर्णय गरेको हो ।

सो प्र्रस्ताबलाई बीमा समिति र साधारणसभाले अनुमोदन गरेपछि वितरण गरिने छ । यसअघि कम्पनीले आर्थिक बर्ष २०७१÷७२ को नाफाबाट पाँच प्रतिशत बोनस दिएको थियो । सो बोनसका लागि चैत २८ गते कम्पनीको बुक क्लोज गरिसकेको छ ।

कम्पनीले १० प्रतिशत बोनाश सेयरपछि ४० प्रतिशत हकप्रद सेयर निस्कासन गर्ने छ । यसले गर्दा कम्पनीका लगानीकर्ताले एक बर्षमै दोहोरो लाभ पाएका छन् । बीमा समितिले जीबन बीमा कम्पनीको दुई अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउन निर्देशन दिएपछि कम्पनीलाई पूँजी बढाउने दबाब परेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?