काठमाडौं । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २३.१० अंकले बढेर अन्तिम दिन १६७०.६२ अंकमा पुगेको छ । यस साता नेपाल स्टक एक्सचेन्जमा १५६ कम्पनीको पाँच अर्ब ६९ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबार रकम गत साताको भन्दा ९.८८ प्रतिशत बढी हो । गत साता पाँच अर्ब १८ करोड १७ लाख ३५ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।
यस साता कारोबार रकमको आधारमा प्रभू बैंक, प्राइम लाइफ इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरैन्स र एनसीसी बैंक लिमिटेड अग्रस्थानमा रहेका छन् ।
त्यस्तै यो साता साइन रेसङगा डेभलपमेन्ट बैंकको २३ लाख ४४ हजार ७३२ कित्ता, तथा स्वालम्बन लघुवित्त विकास बैंकको १० लाख ६६ हजार ९५० कित्ता बोनस सेयर सूचिकृत भएको छ ।
प्रतिक्रिया