वि.सं. २०८३ कार्तिक २६
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीतिक अस्थिरताका कारण नेप्सेमा दोहोरो अंकको गिरावट

अर्थटुडे
२०७४ बैशाख १७, आईतवार

काठमाडौं । राजनीतिक अस्थिरताका कारण साताको पहिलो दिन आइतबार १९.८४ अंकले घटेर १६५०.७८ बिन्दुमा अडिएको छ । आइतबार कार्यसुचीमै प्रवेश नगरी व्यवस्थापिका सँसदको बैठक स्थगित भएपछि सेयर बजारमा पनि त्यसको असर परेको छ ।

गत साताभर नै सेयर बजार सुस्त बनेको थियो । कारोबार शुरु भएदेखि नै घट्न शुरु गरेको बजारले कारोबार बन्द हुने बेलासम्ममा पनि लगानीकर्ताको मुहारमा खुसी फर्काएन ।

यसदिन कारोबार रकममा समेत ह्वातै गिरावट आएर ७८ करोड ५६ लाख रुपैयाँको मात्र कारोबार भएको छ । गत साताको अन्तिम दिन १ खर्ब भन्दा बढीको कारोबार भएको थियो । आइतबार उत्पादन प्रशोधन र अन्य समुह बाहेक सबै समुह ओरालो लागेको छ । सबैभन्दा बढी बिमा समुह १६७.९२ अंकले तल झरेको छ भने होटल समुह ५३.५८ अंकले तल झरेको छ ।

यसदिन सबैभन्दा बढी नेपाल लाइफ  इन्सुरेन्सको ४ करोड ५९ लाख र प्राइम लाइफ इन्सुरेन्सको ३ करोड ४५ लाख भन्दा बढीको कारोबार भएको छ ।

यसदिन सबैभन्दा बढी कमाउने कम्पनीहरुमा नयाँ नेपाल लघुवित्त बिकास बैंक र प्रोगेसिभ फाइनान्स लिमिटेड रहेका छन् । त्यस्तै खानीखोला हाइड्रोपावर महिला सहयात्रा माइक्रोफाइनान्स वित्तिय संस्था लगायतका कम्पनीले गुमाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?