वि.सं. २०८३ कार्तिक २६
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दुई हाइड्रोपावरको डेढ करोड कित्ता साधारण सेयर आउदै

अर्थटुडे
२०७४ बैशाख १९, मंगलवार

काठमाडौं चिलिमे जलजिवद्युत् कम्पनीका सहायक कम्पनी रसुवागढी हाइड्रोपावर र सान्जेन जलविद्युत् कम्पनीको डेढ सय कित्ता साधारण सेयर (आईपीओ) जारी गर्ने भएका छन् । आइपिइओ निश्कासनका लागि दुवै कम्पनीले नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छन् ।

रसुवागढीले १ करोड ६४ लाख २१ हजार ४० कित्ता र सान्जेनले ८७ लाख ६० हजार कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति मागेको छ । सेयर निश्कासनका लागि रसुवागढीले सिद्धार्थ क्यापिटल, एनआईबीएल क्यापिटल मार्केट, ग्लोबल आईएमई क्यापिटल र एनसीएम मर्चेन्ट तथा सान्जेनले नागरिक लगानी कोषलाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । बोर्डबाट निश्कासन अनुमति पाएपछि आइपिओ जारी हुनेछ ।

रसुवागढीले रसुवा जिल्लामा १११ मेगावाटको जलविद्युत् आयोजना बनाइरहेको छ । यसमा कर्मचारी सञ्चय कोषका करिब ५ लाख सञ्चयकर्ताका लागि १९.५ प्रतिशत, प्राधिकरणका कर्मचारीका लागि ३.५ प्रतिशत र सञ्चय कोषमा कार्यरत कर्मचारीका लागि १ प्रतिशत सेयर छुट्ट्याइएको छ । रसुवागढी जलविद्युत् आयोजनामा प्राधिकरणले १८ र चिलिमेले ३३ प्रतिशत स्वःपुँजीअन्तर्गत लगानी रहेको छ ।

त्यस्तै रसुवा जिल्लामै ४२.५ मेगावाटको सान्जेन जलविद्युत् र १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत् आयोजना बनाउँदै गरेको सान्जेन जलविद्युत् कम्पनीले पनि कर्मचारी, ऋण लगानीकर्ता कम्पनीका कर्मचारी र सञ्चय कोषका सञ्चयकर्तालाई सेयर बिक्री गर्ने छ । जसमध्ये कोषका सञ्चयकर्ताका लागि १९.५ प्रतिशत, कोष कर्मचारीका लागि १ प्रतिशत र कम्पनीमा कार्यरत कर्मचारीका लागि ३.५ प्रतिशत शेयर छुट्याइएको छ ।

दुवै कम्पनीले पहिलो चरणमा कर्मचारी, ऋण लगानीकर्ताका कर्मचारी र सदस्यलाई चालू आर्थिक वर्षभत्रै सेयर बाँडफाँड गर्ने र त्यसपछि आयोजना प्रभावित क्षेत्रका स्थानीयबासी र सर्वसाधारणलाई सेयर जारी गर्ने जनाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?