वि.सं. २०८३ कार्तिक २६
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

स्थानीय तहको चुनावी चहलपहलसँगै सेयर बजार उकालोतर्फ

अर्थटुडे
२०७४ बैशाख १९, मंगलवार

काठमाडौं । स्थानीय तहको चुनावी चहलपहलसँगै सेयर बजारमा आशा पलाएको छ । मंगलबार सेयर बजार परिसुचक (नेप्से) ७.५५अंकले बढेको छ । लगातार घटिरहेको बजारमा मंगलबार स्थानीय तहको निर्वाचनको मनोनयन दर्तासँगै आशा पलाएको छ । मंगलबार कारोबार खुलेपछि केही समय बजार घटेको थियो । चुनावका लागि दलहरुले उम्मेद्वार तोकेर मनोनयन गर्न थालेपछि बजार सकारात्मक भएको हो ।

यसदिन बैकिङ ६.८८, विकास बैंक १६.४३, जलबिद्युत ३.१६, बिमा ७९.०२ अंकले उकालो लागेको छ भने होटल २८.८८, फाइनान्स २.१७, उत्पादनमूलक ५.४६ र अन्य २.३२ अंकले ओरालो लागेको छ ।

मंगलबार दिनभर ९२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । कुल १४३ कम्पनीको १५ लाख ४८ हजार २५२ कित्ता सेयर किनबेच भएको हो । कारोबार रकमका आधारमा नेपाल लाइफ इन्सुरेन्सको सबैभन्दा बढी कारोबार भएको छ । त्यस्तै नेपाल एसबीआई बैंक र सिद्धार्थ बैंकको पनि सबैभन्दा बढी कारोबार भएको छ ।

ओमीमाइक्रोफाइनान्स, नयाँ नेपाल लघुवित्त वित्तय संस्था, एनएमबी माइक्रोफाइनान्स लगायतका कम्पनीले धेरै कमाएका छन् । ग्रीन डेभलपमेन्ट बैंक,माउन्ट मकाउलु डेभलपमेन्ट बैंकले सबैभन्दा धेरै गुमाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?