काठमाडौं । स्थानीय तहको निर्वाचनमा नयाँ लहर छाएसँगै सेयर बजारमा हरियाली छाउने क्रमले निरन्तरता पाएको छ । मंगलबार उकालो लागेको सेयर बजार परिसुचक (नेप्से) बुधबार पनि ४.०५ अंकले उकालो लागेको छ ।
समग्रमा बजार ०.२४ प्रतिशतले बढेको हो । यतिबेला चालु आर्थिक वर्षको तेस्रो त्रैमासको रिपोर्ट धमाधम आइरहेको र विभिन्न कम्पनीहरको नाफा औषतमा राम्रो देखिएकोले पनि बजारमा लगानीकर्ताहरु फेरी फर्किन थालेका हुन् ।
बुधबार कुल १४२ कम्पनीको ८९ करोड रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ । केही दिन अघि कारोबार रकम १ अर्ब माथि पुगेको थियो । दिनभर १३ लाख ७६७ कित्ता सेयर किनेबच भएको छ ।
यसदिन विकास बैंक ४.९४ अंकले र उत्पादनमूलक २.०४ अंकले ओरालो लागेको छ । त्यस्तै बिमा १६.५४ अंक, वाणिज्य बैंक ४.४४ अंक होटल ४३.०७ अंकले बढेको छ ।
बुधबार सबैभन्दा बढी कारोबार सानिमा माई हाइड्रोपावर कम्पनीको भएको छ । सो कम्पनीको चार करोड ३९ लाख रुपैयाँले कारोबार भएको छ । त्यस्तै नेपाल लाइफ इन्सुरेन्स र लक्ष्मी बैंक पनि धेरै कारोबार गर्ने कम्पनीमा परेका छन् ।
सप्तकोसी डेभलपमेन्ट बैंक रभागर्ब विकास बैंकले सबैभन्दा धेरै १० प्रतिशतले कमाएका छन् भने जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्था र एनएमबी माइक्रोफाइनान्स वित्तिय संस्थाले पाँच प्रतिशत भन्दा धेरैले गुमाएका छन् ।
प्रतिक्रिया