वि.सं. २०८३ कार्तिक २६
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

साताको अन्तिम दिन कारोबार र नेप्से दुबै ओरालो

अर्थटुडे
२०७४ बैशाख २१, बिहीबार

काठमाडौं । साताको अन्तिम दिन विहिबार बजार ९.२ अंकले ओरालो लागेको छ । मंगलबार र बुधबार केही अंकले बढेको बजार विहिबार ओरालो लागेको हो । यसदिन उत्पादनमूलक नगन्य अंकले उकालो लागेपनि बाँकी सबै समुहगत परिसुचक  राताम्मे भएको छ ।

विहिबार बैकिङ ५.९२, होटल १२.८१, विकास बैंक १२.४४, जलबिद्युत १२.२१, फाइनान्स ५.७६, बिमा ९३.६८ र अन्य ३.७६ अंकले ओरालो लागेको छ ।

यसदिन १२ लाख ९५ हजार कित्ता सेयरको ७९ करोड रुपैयाँको मात्र कारोबार भएको छ ।  विहिबार एसबिआइ र प्रभू बैंकको सबैभन्दा बढी कारोबार भएको छ । ति बैंकहरुको दिनभर ४ करोड भन्दा माथिको कारोबार भएको थियो ।

त्यस्तै भागर्ब विकास बैंक र साहारा विकास बैंकले सबैभन्दा धेरै १० प्रतिशतले कमाएका छन् भने काबेली विकास बैंक, प्रोगेसिभ फाइनान्स सेती फाइनान्स लगायतले सबैभन्दा धेरै गुमाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?