काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले प्राथमिक सेयर (आइपीओ) जारी गर्ने भएको छ । कम्पनीले दुइ अर्ब ९४ करोड बराबरको दुई करोड ९४ लाख कित्ता अर्थात् ४९ प्रतिशत आइपीओ जारी गर्न लागेको हो ।
आइपीओ जारी गर्नका लागि कम्पनीले विहिबार ग्लोबल आइएमई क्यापीटल , प्रभु क्यापिटल, सिभिल क्यापिटल मार्केट, एस क्यापिटल, सि.बि.आई.एल क्यापिटल.सानिमा क्यापिटल र लक्ष्मी क्यापिटल मार्केटले संयुक्त रुपमा निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्ने गरी सम्झौता गरेको छ ।
कम्पनीले पहिलो चरणमा २ करोड ९४ लाख कित्तामध्ये कर्मचारी संचय कोषका सञ्चयकर्ताहरुलाई एक करोड १७ लाख कित्ता,संस्थापक शेयरधनी संस्थाका कर्मचारीका लागि २१ लाख कित्ता, र ऋणदाता संस्थाका कर्मचारीका लागि छ लाख कित्ता सेयर छुट्याएर निष्कासन गर्ने छ ।
त्यस्तै दोस्रो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानिय बासिन्दाका लागि कुल जारी पूँजीको १० प्रतिशतले हुन आउने ६० करोड बराबरको साठ्ठी लाख कित्ता सेयर जारी गर्ने छ । भने तेस्रो चरणमा सर्वसाधारण तथा कम्पनीका कर्मचारीहरूका लागि ९० करोड बराबरको ९० लाख कित्ता सेयर निष्काशन गर्ने छ ।
प्रतिक्रिया