वि.सं. २०८३ कार्तिक २६
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बजार दोहोरो अंकले उकालो लाग्यो, काराबोर ६२ करोड मात्र

अर्थटुडे
२०७४ बैशाख २६, मंगलवार

काठमाडौं । सेयर बजार मंगलबार दोहोरो अंकले उकालो लागेको छ । यसदिन सेयर बजार परिसुचक (नेप्से) १३.५१ अंकले बढेर १६५०.८१ अंकमा अडिएको छ । कारोबार रकम तल झरेकाले लगानीकर्ता अझै ‘पर्ख र हेर’ को अवस्थामा रहेको बुझ्न सकिन्छ । मंगलबार दिनभर १४२ कम्पनीको दश लाख कित्ता ६२ लाख १४ हजार रुपैयाँ बरबरको कारोबार भएको छ ।

यसदिन सबैभन्दा बढी जलबिद्युत ११५.९६ अंकले बढेको छ भने बैकिङ ७.०२, होटल २२.३६, विकास बैंक २५.०६, फाइनान्स ४.४४, बिमा ६६.०१ र अन्य १.४५ अंकले उकालो लागेको छ ।

मंगलबार धेरै कारोबार हुने कम्पनीहरुमा सानिमामाइ हाइड्रोपावर, प्राइम लाइफ इन्स्योरेन्स, प्रभू लाइफ इन्स्योरेन्स र सनराइज बैंक लिमिटेड रहेका छने । त्यस्तै बढी कमाउनेमा अपी पावर कम्पनी, बुटवल पावर कम्पनी, सानिमा माइ हाइड्रोपावर र मेरो माइक्रोफाइनान्स रहेको छ । यसदिन यी कम्पनीहरुले ८ प्रतिशत भन्दा बढीले कमाएका छन् ।
त्यस्तै सिनर्जी फाइनान्स, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, स्वावलम्बन  विकास बैंकले धेरै गुमाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?