काठमाडौं । स्थानीय तहको पहिलो चरणको निर्वाचनपछि सेयर बजारमा मन्दी छाएको छ । सोमबार सेयर बजार परिसुचक (नेप्से) ९.९९ अंकले ओरालो लागेर १६४९ अंकमा अडिएको छ । यसदिन १४० कम्पनीको जम्मा ५० करोड ४९ लाख रुपैयाँको मात्र सेयर किनबेच भएको छ ।
उत्पादनमूलक वाहेक सबै समूहगत परिसुचक ओरालो लागेका छन् । उत्पादनमूलक करिव ३१ अंकले बढेपनि बैकिङ १०.४१, होटल १७.५३, विकास बैंक १४.५१ जलबिद्युत १९.९, फाइनान्स ५.७ विमा ४६.०७ र अन्य ०.५८ अंकले ओरालो लागेको छ ।
बजारमा सबैभन्दा बढि कारोबार स्ट्यान्डर्ड चार्टर्डको भएको छ । बैकको एक करोड ९१ लाखको किनबेच भएको हो । त्यस्तै लाइफ इन्स्योरेन्स,सिद्धार्थ बैंक लिमिटेड बैंकको प्रमोटर सेयर,नेपाल लाइफ इन्स्योरेन्सको सवैभन्दा बढी कारोबार भएको छ ।
त्यस्तै यसदिन सबैभन्दा बढि करिव १० प्रतिशत हाराहारीले वोटलर्स नेपाल तराई र प्रोग्रेसिभ फाइनान्सले कमाएका छन् । वोटलर्सको सेयर मूल्य ४५३ रुपैयाँ प्रति कित्ताले बढेको छ । सोमबार दिव्यश्वरी हाइड्रोपावर कम्पनी, सप्तकोसी डेभलपमेन्ट बैंक, गुडविल फाइनान्स लगायतका कम्पनीहरुले गुमाएका छन् ।
प्रतिक्रिया