वि.सं. २०८३ कार्तिक २६
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

स्वदेशी लघुवित्तको आइपीओ बाँडफाँड, १२२० कित्ता सम्मलाई गोलाप्रथाबाट

स्वदेशी लघुवित्तको आइपीओ बाँडफाँड, १२२० कित्ता सम्मलाई गोलाप्रथाबाट
अर्थटुडे
२०७४ जेष्ठ ७, आईतवार

काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाले निस्कासन गरको साधारण सेयर (आइपीओ) मा १२२० कित्तासम्मको आवेदन दिनेहरुलाई गोलाप्रथाबाट बाँडफाँड गरेको छ । कम्पनीको आइपीओको  आइतबार बाँडफाँड गरेको छ । गोलाप्रथाबाट बाँडफाँड गरिएको सेयर पाउनेहरुले १० कित्तासम्म मात्र सेयर पाएका छन् ।

त्यस्तै १२२० कित्ता भन्दा बढीको आवेदन दिने लगानीकर्ताहरुलाईले १२ कित्ताका दरले सेयर पाएका छन् । कम्पनीले एक सय रुपैयाँ मूल्य अंकित दरका सेयर चैत २५ देखि २९ सम्म निस्कासन गरेको थियो ।

कम्पनीले दुई करोड ७३ लाख रुपैयाँ बराबरको दुई लाख ७३ हजार कित्ता सेयर निस्कासन गरेको थियो । यसमा करिब  तीन अर्ब रुपैयाँ  बराबरको आबेदन परेको कम्पनीले जनाएको छ । ८१ हजार आवेदकमध्ये २३ हजार ६ सय ५७ आस्वा र ५७ हजार तीन सय पुरानैशैलीमा आवेदन दिएका थिए ।

कम्पनीको धितोपत्र निष्कासन तथा विक्रि प्रबन्धकको रुपमा एनएमबी क्यापिटल रहेको थियो । एनएमबी क्यापिटलका अनुसार आउदो शुक्रबार देखि सेयरमा नपरेको रकम फिर्ता गर्न सुरु गरिने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?