काठमाडौं । गत सातादेखि लगतार ओरालो लागेको सेयर बजार परिसुचक (नेप्से)मंगलबार भने दोहोरो अंकले उकालो लागेको छ । यसदिन कारोबारमा आएका सबै समूहका सूचक बढेको छ भने कारोबार रकममा समेत बढोत्तरी आएको छ । यसदिन १८ अंक सम्म बढेको थियो । त्यसपश्चात क्रमश ओरालो लागेको बजार अघिल्लो दिनको भन्दा दोहोरो अंकले उकालो लागेको हो ।
यस दिन कुल १४७ कम्पनीको १० लाख कित्ता सेयर ७८ करोड ६६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा २६ करोडले बढी हो ।
मंगलबार हिमालयन डिष्टलरीको सेयरमूल्य झण्डै दश प्रतिशतले बढेको छ । भने बोटर्लस नेपाल तराई, श्री इन्भेष्टमेन्ट, आरएसडिसि लघुवित्त तथा सिनर्जी फाइनान्स लगायतको सेयरमूल्य बढेको छ । यसदिन सबैभन्दा बढी गुमाउनेमा सिनर्जी पावर कम्पनी ,रिडी हाइड्रो, पूर्णिमा विकास संस्थापक, लाइफ इन्स्योरेन्स तथा नागवेली लघुवित्त लगायतका कम्पनीहरु रहेका छन् ।
यसदिन सबैभन्दा धेरै मेरो माइक्रोफाइनान्सको ६ करोड ७१ लाख बराबरको कारोबार भयो । स्ट्याण्र्डड चार्टर्डको पनि ६ करोड बढीको सेयर किनबेच भयो ।
प्रतिक्रिया