वि.सं. २०८३ कार्तिक २५
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

तोडियो मिनिवसको एकाधिकार, भक्तपुरमा साझा बसको सेवा सुरु

तोडियो मिनिवसको एकाधिकार, भक्तपुरमा साझा बसको सेवा सुरु
अर्थटुडे
२०७४ जेष्ठ १०, बुधबार

भक्तपुर । भक्तपुरमा मिनिवस व्यवसयीहरुको एकाधिकार तोडिएको छ । बुधबारबाट साझा यातायातले भक्तपुरमा ठूला बसमार्फत सेवा दिन थोलेष्पछि मिनिबस व्यवसायीहरुको एकाधिकार तोडिएको हो । साझाका २० वटा बस बुधबारबाट  भक्तपुरको नयाँ बाटोमा चल्न सुरु भएको छ । भक्तपुरमा साझाको प्रवेश भएसँगै स्थानीयहलाई राहत भएको छ ।

त्यहाँका यातायात व्यवसायीहरुले भक्तपुरमा साझालाई छिर्न नदिनको लागि ठूलो मेहनत गरेपनि अन्ततः साझा यातायात त्यहाँ पुगेको छ भने स्थानीय बासिन्दाहरुले साझाबसलाई स्वागत समेत गरेका छन् ।

अब स्वयम्भुबाट सीतापाइला, कलंकी, रवीभवन, सोल्टीमोड, कालीमाटी, टेकु, त्रिपुरेश्वर, रत्नपार्क, सहीदगेट, थापाथली, माइतिघर, बबरमहल, नयाँबानेश्वर, मीनभवनहुँदै कोटेश्वरसम्म चल्ने सबै बस नयाँबाटो हुँदै भक्तपुरको सूर्य्विनायक चोकसम्म आउने साझा यातायातले जानकारी दिएको छ ।

कोटेश्वरबाट जडिबुटी लोकन्थली, कैशलटार, गठ्ठाघर, ठिमी, सल्लाघारी हुँदै सूर्य्विनायकसम्म बुधबारबाट बस सेवा विस्तार भएको छ । सूर्य्विनायकबाट सोही रुट हुँदै फर्किने बस माइतिघरबाट सिंहदरबार, पुतलीसडक, कमलादी, घण्टाघर, पुरानो बसपार्क, सहीद गेट, त्रिपुरेश्वर, कलंकी हुँदै स्वयम्भु नै फर्किनेछ ।

साझाले कोटेश्वरबाट सानोठिमी, पुरानोठिमी, भक्तपुर हुँदै कमलविनायक भएर नयाँ बाटोमार्फत फर्किने गरी रुट मागेको थियो । तर, यो रुटमा भने साझाले अनुमति पाएन ।

्

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?