नयाँ दिल्ली: सवैभन्दा पुरानो एबं गुणस्तरयुक्त हेलमेटको उत्पादक कम्पनी स्टीलबर्ड हाइटेक इन्डिया लिमिटेडले आफूले उत्पादन गरेको सम्पुर्ण मोडलका हेलमेट नेपाली बजारमा सार्वजनिक गरेको छ ।
विहिबार काठमाडौमा एक कार्यक्रमविच स्टीलबर्ड कम्पनीले विभिन्न मोडलका हेलमेट नेपाली बजारमा भित्र्याएको हो । कम्पनीले दुईहजार भन्दा बढी मोडलका हेलमेटहरु ५० भन्दा बढी देशमा उपलव्ध गराउँदै आएको छ ।
कम्पनी बीआइइएफएफईको टेक्निीकल सहयोगमा पूरै विश्वमा शिर्ष श्रेणीको हेलमेट कम्पनी निर्माता बन्न सफल भएको छ । कम्पनीले उत्पादन गरेको हेलमेट अन्तराष्ट्रिय सुरक्षा मापदण्ड अनुसार रहेको जनाएको छ । नेपालको बजारमा आफ्नो उत्पादनको विक्रि वितरणको लागि कम्पनीले ३ वितरक कम्पनीलाई सहभागिता गराएको छ ।
नेपाली बजारमा आफ्नो उत्पादन भित्र्याएको अबसरमा बोल्दै कम्पनीका ग्लोवल ग्रुपका प्रमूख बजार व्यवस्थापक शैलेन्द्र जैनले नेपालको बजारमा स्टीलबर्डको उपस्थिति केही पहिलेदेखि नै भएपनि अहिले भने प्रत्यक्ष तथा संगठित रुपमा नै नेपाली बजारमा प्रबेश गरेको बताए ।
उनले नेपाल हेलमेटको लागि प्रमूख आकर्षक बजार रहेको समेत बताए । उनले भने—‘ हामी नेपालको माग अनुसार नै हेलमेट बनाएर बजारमा उपलव्ध गराउन तयार छौ । ’
उनले दावी गर्दै भने—‘ युवा वर्गको स्टाइल अनुसार नै हेलमेटमा अनौठो विषेषता जडान गरिने छ जस्तै, स्पोर्टिड
अल्टालाइट, बदल्ने एबं ध्वनी योग्य हेलमेटहरु उत्पादन तथा उपलव्ध गराउने छौ । ’ उनले आफ्नो कम्पनीले उत्पादन तथा विक्रि गर्ने हेलमेट स्थायी ब्रेन इन्जुरी तथा दुर्घटनाको कारण हुने मुत्युलाई कम गर्ने दावी गरे
प्रतिक्रिया