वि.सं. २०८३ कार्तिक २६
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनएमबि बैंक र शिखर इन्सुरेन्सको एफपीओ रोकियो

एनएमबि बैंक र शिखर इन्सुरेन्सको एफपीओ रोकियो
अर्थटुडे
२०७४ जेष्ठ १५, सोमबार

काठमाडौं । एनएमबि बैंक र शिखर इन्सुरेन्सले तत्काल एफपीओ (फर्दर पब्लिक अफरिङ) जारी गर्न नपाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र दर्ता तथा बाँडफाँड निर्देशिका २०७४’ जारी गर्दै संगठित संस्थाले धितोपत्रको थप सार्वजनिक निष्कासन गरेको मितिले ५ वर्ष पूरा नभएसम्म पुनः एफपीओ जारी गर्न नपाउने व्यवस्था गरेको हो ।

यो व्यवस्थाले एफपीओ जारी गर्न आवेदन दिएका एनएमबि बैंक र शिखर इन्सुरेन्सको एफपीओ तत्काल जारी नहुने भएको हो । एनएमबिले १ करोड १४ लाख १५ हजार १६३ कित्ता र शिखरले ३ लाख ६२ हजार ७८१ कित्ता एफपीओ ल्याउन अनुमति मागेको थियो ।

यसैगरी निर्देशिकामा प्रिमियममा धितोपत्रको थप सार्वजनिक निष्कासन गर्न चाहेमा त्यस्तो संस्थाले पछिल्लो तीन वर्षको क्यापिटलाइज्ड अर्निङ, डिस्काउन्टेड क्यास फ्लो, र प्रतिसेयर नेटवर्थको चार गुणाले हुन आउने मूल्यमा जुन कम हुन्छ सो रकमलाई प्रिमियम कायम गर्नुपर्ने व्यवस्था समेत गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?