वि.सं. २०८३ कार्तिक २६
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बजेटप्रति सकारात्मक रहेन बजार, मंगलबार नेप्से २१.१५ अंकले ओरालो

अर्थटुडे
२०७४ जेष्ठ १६, मंगलवार

काठमाडौ । सेयर बजार बजेटप्रति सकारात्मक देखिएन । आगामी आर्थिक बर्ष २०७४÷७५ को बजेट घोषणा गरेको भोलीपल्ट मंगलबार सेयर बजार परिसुचक (नेप्से) दोहोरो अंकले ओरालो लागेको छ । यसदिन नेप्से २१.१५ अंकले घटेर १५९४.४३ अंकमा अडिएको छ ।

बजेटपछि सेयर बजार सकारात्मक हुन्छ भन्नेमा सेयर लगानीकर्ताहरु विश्वस्त रहेका थिए । तर बजेटको प्रभाव भने बजारमा परेको छैन । यस दिन उत्पादन र फाईनान्स  समुह बाहेक अरु सबै ओरालो लागेको छ ।

मंगलबार उत्पादन समुह ५.१७ र फईनान्स १.५८ अंकले बढेको छ भने बैक १९.३७ अंक, होटल ११.०७ अंक , बिकास बैक १६.२२, जलबिद्युत १०.४४ अंक र अन्य २६.९ अंकले घटेको छन् ।

दिनभर १४७ वटा कम्पनीको १२ लाख ९७ हजार ८ सय २८ कित्ता सेयर ७६ करोड ३८ लाखमा कारोबार भएको छ । मंगलबार सबैभन्दा बढी हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको सेयर कारोबार भएको छ ।

यसदिन सो कम्पनीको पाँच करोड ६८ लाख रुपैयाँ बराबरका सेयर खरीद बिक्री भएको हो । कारोबार रकमको आधारमा स्टयान्डर्ड चाटर्ड बैंक दोस्रो भएको छ । बैंकको चार करोड ८४ लाख रुपैयाँको सेयर खरीद बिक्री भएको छ ।
घटेको बजारमा सबै भन्दा बढी १० प्रतिशत कर्णाली विकास बैंकले कमाएको छ भने सिनर्जी हाइड्रोपावरले सबैभन्दा बढी ६ प्रतिशतले गुमाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?