काठमाडौं । चुक्तापुँजी बृद्धिका लागि विभिन्न कम्पनीहरुले आफ्ना लगानीकर्ताहरुलाई बोन सेयर दिन लागेका छन् । बुधबार मात्र नेप्सेमा चार कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । सोल्टि होटल लिमिटेटको ५२ लाख ६५ हजार ५ सय २४ कित्ता बोनस सेयर, हिमालयन बैंकको एक करोड ३४ लाख ९७ हजार ४३५ कित्ता सेयर नेप्सेमा सुचिकृत भएको छ ।
त्यस्तै सिभिल लघुवित्त वित्तीय संस्था ५० हजार कित्ता बोनस सेयर र कैलाश विकास बैंकको ३९ लाख ५० हजार ८ सय ४० कित्ता बोनस शेयर र ३१ लाख ६० हजार ६ सय ७२ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ ।
प्रतिक्रिया