काठमाडौं । रिभर फल्स पावर लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले ३४ करोड ३० लाख बराबरको ३४ लाख ३० हजार कित्ता साधारण सेयर जारी गर्ने भएको हो । आइपीओ जारीको लागि कम्पनीले सेयर निष्कासन तथा विक्रि प्रबन्धकको रुपमा एनआइसी एसिया क्यापिटललाई नियुक्त गरेको छ ।
सेयर प्रबन्धक नियुक्त सम्बन्धी सम्झौतामा सोमबार रिभर फल्स पावर लिमिटेडको तर्फबाट कार्यकारी अध्यक्ष डा.भोगेन्द्र कुमार गुरागाई र एनआईसी एसिया क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले हस्ताक्षर गरेका छन् ।
रिभर फल्स पावर लिमिटेडको जारी पूँजी मध्ये ४९ प्रतिशत अर्थात ३४ लाख ३० हजार कित्ता साधारण शेयर उद्योग प्रभावित संखुवासभा जिल्लाका स्थानीय बासिन्दा लगायत सर्वसाधारणहरु र कर्मचारीमा एनआईसी एसिया क्यापिटल मार्फत निष्काशन गरिने छ ।
९.५ मेगावाट क्षमताको डाउन पिलुवा खोला साना जलविद्युत आयोजनाको निर्माणार्थ कम्पनीले आईपीओ जारी गर्ने भएको हो ।
सो आयोजनामा सेञ्चुरी बैंकको अगुवाइमा नेपाल इन्भेष्टमेन्ट बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, प्रभु बैंक र भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडको सहवित्तीयकरण कर्जा लगानी हुने सम्झौता सम्पन्न भइसकेकोे छ ।
प्रतिक्रिया