वि.सं. २०८३ कार्तिक २६
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लगानीकर्तालाई गुमराहमा राख्दै नेप्सेले खोल्यो समस्याग्रस्त २ कम्पनीको कारोबार

अर्थटुडे
२०७४ जेष्ठ ३०, मंगलवार

शिवजी गायक/ काठमाडौं । वल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स र कुबेर मर्चेन्ट फाइनान्सको सेयर कारोबार नेपाल स्टक एक्सचेन्ज( नेप्से) ले खोलिदिएको छ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरी कारबाही भोगिरहेको ति दुईवटा फाइनान्सको सेयर कारोबार नगरेर कारवाही गरिरहेको दुई फाइनान्स कम्पनीको सेयर कारोबार नेप्सेले खोलेपछि बजारमा हंगामा भएको छ ।

नेप्सेका अनुसार ति दुबै कम्पनीमा नयाँ सञ्चालक आएको र नयाँ स्वरुपमा परिवर्तन गरी संस्थालाई लैजाने भनेर निवेदन दिएपछि कारोबार खोलेको हो । यतिवेला कारोबार खोल्दा लगानीकर्ताहरुलाई जोखिम नहुने भएकोले कारोबार खोलेको नेप्सेले जनाएको छ ।
समस्याग्रस्त संस्थाको कारोबार खुलेका बारेमा भने नियामक निकाय धितोपत्र वोर्ड भने अनभिज्ञ रहेको छ । पछिल्लो समय नेप्से बोर्डविच सहकार्य नहुदा नेप्सेले गर्दै आएको धेरै कुराहरु बोर्डलाई जानकारी हुदैन ।

राष्ट्र बैंकले कारवाही गर्दा नेप्सेले समस्याग्रस्त संस्थाका कारण आमलगानीकर्ता डुब्ने भन्दै २०७० साल माघ ९ गतेबाट ति दुवै कम्पनीको कारोबार रोकिएको थियो । तर जेठ २२ गतेदेखि नेप्सेले वल्ड मर्चेन्टको र २०६८ माघ ३ गते देखि कुवेर मर्चेन्टको कारोबार रोकेको थियो ।

कारोबार खोलिएपछि ति संस्थाको कारोबारमा बढोत्तरी भइरहेको छ भने कम्पनीको सेयर मुल्य दैनिक जसो १० प्रतिशतले बढिरहेको छ । हाल कम्पनीको सेयर मुल्य प्रतिकित्ता ६३ रुपैयाँ पुगिसकेको छ । आम लगानीकर्ताको हितको लागि भए सार्वजनिक सुचना जारी गरेर ति संस्थाहरुको कारोबार खुलाउनुपथ्र्यो बोर्डका एक सञ्चालकले भने,‘यसमा नेप्सेको नियतमाथि नै प्रश्न चिन्न उठेको छ ।’ उनका अनुसार संस्थाले राम्रो गरेको पनि छैन यस्तो अवस्थामा कारोबार खोल्नुभनेको लगानीकर्तालाई थप समस्यामा पार्नु हो ।

एकातिर नेप्सेले बिना सुचना कारोबार खुलाएको छ भने अर्कोतिर संस्थाको सेयरमूलयमा ह्वात्तै बृद्धि हुनुले यसमा केही रहस्य रहेको भन्दै विभिन्न कोणबाट  टिप्पणीहरु आइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?