काठमाडौं । लगातार सेयर बजार परिसुचक (नेप्से) ओरालो लागेको छ । सोमबार पनि बजार २०.८२ अंकले ओरालो लागेर १५५५.१६ अंकमा अडिएको छ । कारोबार खुलेदेखिनै बजार घट्न सुरु गरेको थियो । आज कारोबारमा आएका सबै उपसुचक राता देखिएका छन् । यस्तै यसदिन बैकिङ २०.३८,होटल १६.६२, विकास बैंक २१.३१, जलबिद्युत १८.५१, फाइनान्स १०, इन्स्योरेन्स १४२.८९, उत्पादनमुलक २३.२५ र अन्य २.३१ अंकले घटेका छन् ।
राजनैतिक अस्थिरताले बजारलाई घट्न सहयोग गरिरहेको बजार विष्लेषकहरुले जनाएका छन् । यसदिन दिनभर १३७ कम्पनीका आठ लाख कित्ता सेयर ६४ करोड रुपैयाँमा खरिद बिक्री भयो । ६०० प्रतिशत घोषणा गरेको एभरेष्ट इन्स्योरेन्सको सबैभन्दा बढी सेयर खरिद बिक्री भएको छ । एभरेष्टको १५ करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्रि भएको हो । कारोबार रकमकै आधारमा एभरेष्ट बैंक दोस्रो स्थानमा रह्यो । बैंकको करिब ६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।
सोमबार २० अंकको गिरावटमा पनि तारा गाउँ रिजेन्सी होटलले सबै भन्दा बढी करिब चार प्रतिशत कमाएको छ । यस्तै यसदिन धेरै गुमाउने कम्पनीहरुमा एभरेष्ट बैंक,मिथिला लघुवित्त विकास बैंक लगायतका कम्पनीहरु रहेका छन् ।
प्रतिक्रिया