वि.सं. २०८३ कार्तिक २६
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हिमालयन पावर पार्टनरको आइपीओमा करिव चार अर्बको आवेदन, दश कित्ता सबैलाई पर्ने

अर्थटुडे
२०७४ असार ५, सोमबार

काठमाडौँ । हिमालयन पावर पार्टनर लिमिटेडको प्राथमिक सेयर (आइपीओ) मा करिब चार अर्ब रुपैयाँ बराबरको आवेदन परेको छ । सोमबार आवेदन दिने अन्तिम दिनसम्ममा कम्पनीको तीन अर्ब ८० करोड रुपैयाँ बराबरको आबेदन परेको धितोपत्र निस्कासन तथा बिक्री प्रबन्धकको रुपमा रहेको  ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

आइएमइ क्यापिटलका अनुसार पाँच गतेसम्ममा ६३ हजार सात सय ९९ वटा आवेदन परेको छ । आस्वामार्फत ४३ हजार आठ सय वटा आबेदनबाट दुइ अर्ब ९५ करोड रुपैयाँ बराबरको आबेदन परेको छ। पुरानै शैलीमा १९ हजार नौ सय आबेदनबाट ८५ करोड १५ लाख रुपैयाँको आबेदन परेको छ ।

आफ्नो खाता रहेको बैंकबाट आवेदन दिन पाइने ब्यवस्था (आस्वा) लागू भएपछि आवेदन दिनेहरु बढेका छन् । त्यसमाथि अधिकांस बैंकहरुले आस्वा निशुल्क गरेपछि यस पटक आस्वामार्फत आबेदन दिने थप बढेका हुन् ।
धितोपत्र बाँडफाँड निर्देशिका २०७४, अनुसार दुई लाखसम्म आबेदन परे ३० दिन, दुई लाखदेखि तीन लाखसम्म परे चालिस दिन र तीन लाखभन्दा जति बढि आबेदन परेपनि ५० दिनमा  बाँडफाँड गर्नु पर्छ । यो नियम अनुसार कम्पनीको सेयर अब ३० दिनभित्र बाँडफाँड हुने छ ।

आवेदन दिने सोमबार अन्तिम दिन भएकाले अब आउने साउनको ४ गतेसम्म सेयर बाँडफाँड भइसक्छ । साउनमा बाँडफाँड गर्दा धितोपत्र बाँडफाँड निर्देशिका २०७४ अनुसार, सबै लगानीकर्ताले १० कित्ता शेयर पाउने ग्यारेन्टी रहेको छ ।
्

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?