काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले दुईबटा कम्पनीको सेयर कारोबारमा रोक लगाएको छ । नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार नेप्सेले एभरेष्ट इन्स्योरेन्स कम्पनी र नेशनल हाईड्रोपावर कम्पनीको सेयर कारोबारमा रोक लगाएको हो ।
बोर्डको अनुसन्धानमा ’एभरेस्ट इन्स्योरेन्स कम्पनीले सुचना चुहावट गरेको र नेशनल हाईड्रो पावर कम्पनीमा संचालकबीच विवाद देखिएको पाइएपछि बोर्डले नेप्सेलाई कारोबार रोक्नका लागि निर्देशन दिएको थियो ।
एभरेस्ट इन्स्योरेन्सले ६ सय प्रतिशत हकप्रद र २० प्रतिशत बोनश सेयर दिने सुचना पहिले नै चुहाएको थियो जसका कारण एभरेष्ट इन्स्योरेन्सको मूल्य ह्वात्तै बढेको थियो । संवेदनशील सूचना चुहिएको भन्दै बोर्डले अनुसन्धानका लागि एभरेष्टको कारोबार रोक्न बोर्डले नेप्सेलाई पत्र पठाएको थियो ।
त्यस्तै नेशनल हाईड्रोपावरमा संचालकबीच विवादका विषयमा उजुरी परेका कारण बोर्डले शेयर कारोबार रोक्न निर्देशन दिएको हो । संचालक र कार्यकारी प्रमुख नै यकिन नभएको र त्यसले लगानीकर्तालाई जोखिम हुने भन्दै कारोबार रोक्नुपरेको बोर्डको ठहर छ ।
प्रतिक्रिया