वि.सं. २०८३ कार्तिक २६
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मंगलबार पनि सुस्तायो बजार, करिब ५८ करोडको कारोबार

अर्थटुडे
२०७४ असार ६, मंगलवार

काठमाडौं ।  सेयर बजार मंगलबार पनि सुस्ताएको छ । मंगलबार नेप्से सूचक ४.०९ विन्दुले तल झरेर १५५१.०७ अंकमा आइपुगेको छ । दिनभर १४१ कम्पनीको ५७ करोड ९२ लाख रुपैयाँ बराबरको ११ लाख ६२ हजार २३९ कित्ता सेयर कारोबार भएका छन् ।

हाइड्रोपावर, उत्पादनमूलक र अन्य समूहका सूचक बढेका छन् भने बाँकी अरु समूह चाहिँ तल झरेका छन् । सबैभन्दा धेरै बिमा समूहको सूचक २९.३८ विन्दुले घटेको छ । उता, बजारमा वर्चस्व रहेको वाणिज्य बैंक समूहमा पनि ४.६७ अंकको ह्रास देखिएको छ । यसदिन सबैभन्दा बढी एभरेस्ट बैंकको कारोबार भएको छ ।

एभरेस्ट बैंकको ९ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको हो । यसैगरी, कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः एनसीसी बैंक र स्टान्डर्ड चार्टर्ड बैंक परेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?