वि.सं. २०८३ कार्तिक २६
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

इदको अवसरमा सोमबार सार्वजनिक विदा, असार १४ गते पनि विदा दिइने सरकारको घोषणा

इदको अवसरमा सोमबार सार्वजनिक विदा, असार १४ गते पनि विदा दिइने सरकारको घोषणा
अर्थटुडे
२०७४ असार ११, आईतवार

काठमाडौं । मुस्लिम समुदायको महान पर्व इदुलफित्र (ईद) को अवसरमा सरकारले सोमबार सार्वजनिक बिदा दिने भएको छ । एक महिना रोजा (व्रत) रमादान सकिएको उपलक्ष्यमा तीन दिनसम्म हर्सोल्लासका साथ इद मनाइने गरेको छ ।

कतार, साउदी लगायतका देशमा आज मनाइएकोले भोलि नेपालमा इदुलफित्र मनाउने तयारी भएको छ । गल्फमा आइतबार (आज) चन्द्रमा देखिए सरकारले भोलि सार्वजनिक बिदा दिनेछ ।  गृहमन्त्रीस्तरीय बैठकले विदाको निर्णय गर्नेछ भने गृहमन्त्रालयले सार्वजनिक सूचनामार्फत जानकारी दिनेछ ।

यसैगरी सरकारले दोश्रो चरणको स्थानीय निकायको चुनावको लागि  सार्वजनिक विदा दिने भएको छ ।
निर्वाचन हुन लागेका प्रदेशहरुमा आइतबारबाटै सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द समेत भएको जनाइएको छ । प्रदेश नम्बर १, ५ र ७ मा असार ११, १२, १३ र १४ गते स्कुल, कलेज लगायतका सबै शिक्षण संस्थाहरु बन्द गरिएको हो ।
मतदान केन्द्रहरु धेरैजसो विद्यालय र क्याम्पसहरुमा राखिएकाले चार दिनसम्म पठन पाठन बन्द गरिदिन निर्वाचन आयोगले गरेको आग्रह अनुसार सरकारले यसअघि नै यो निर्णय गरेको थियो ।

मतदानको दिन असार १४ गते भने सरकारले सार्बजनिक विदा दिने निर्णय गरेको छ । मतदानको दिन सबै सरकारी, अर्धसरकारी तथा सार्बजनिक संस्थानहरुमा सार्बजनिक विदा हुनेछ ।

दोस्रो चरणमा प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाहरुमा असार १४ गते स्थानीय तहको चुनाव हुँदैछ । पहिलो चरणमा भने ३, ४ र ६ नम्बर प्रदेशमा गत बैशाख ३१ गते चुनाव भएको थियो । २ नम्बर प्रदेशमा भने आगामी असोज २ गते चुनाव गर्ने सरकारले निर्णय गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?