काठमाडौं । बिहीबार ब्रोकरहरुले सेयर कारोबार बन्द गरेका छन् । कर कार्यालयहरुले सेयर दलालहरुलाई मूल्य अभिबृद्धि कर बक्यौता तिर्न पत्राचार गरेको विरोधमा विहीबार ब्रोकरहरुले सेयर कारोबार बन्द गरेका हुन् ।
ब्रोकरहरुले कारोबार बन्द गरेपछि लगानीकर्ता ब्रोकहरुसँग निक्कै रिसाएका छन् ।
लगानीकर्ताहरुले आफुहरुको पैसामा ब्रोकरहरु मालिक बनेको र आफू अनुरुप काम गरिरहेको आरोप लगाए ।
बजार घट्दा पनि लगानीकर्ताले दक्षिण एसियाभरि कै चर्को कमिसन तिर्दे आएको भएपनि अचानक ब्रोकरले सेयर कारोबार बन्द गरिएको भन्दै संघले दिउँसो २ः३० बजेदेखि एक घण्टा नेप्सेको कार्यालयमा धर्ना दिएर नेप्सेका कम्पनी सचिव प्रमोद कुमार भट्टराईलाई ज्ञापनपत्र बुझाएका हुन् ।
नेप्सेको कम्पनी सचिव भट्टराईले लगानीकर्ताको तर्फबाट ज्ञापनपत्र बुझ्दै लगानीकर्ताको मागमा नेप्से गम्भिर भएको र अन्तराष्टिय मूल्य मान्यता र अभ्यासअनुसार पनि बजार बन्द गर्ने कुरा ठिक नभएको भन्दै नेप्से लगानीकर्ताको मागमा सकरात्क रहेको जनाए ।
ब्रोकरहरु धितोपत्र बोर्डले इजाजत दिएको कम्पनीहरु भएकाले धितोपत्र बोर्डले नै आईतबारबाट बजार सञ्चालनको व्यवस्था मिलाउन नेप्सेको तर्फबाट विहीबारै पत्राचार गर्ने प्रतिबद्धता व्यक्त गर्दे नेप्सेका कम्पनी सचिवले लगानीकर्ताले उठाएको विषय धितोपत्र बोर्डमा तत्कालै पठाउने बताए ।
विरोध तथा धर्ना कार्यक्रममा बोल्दै लगानीकर्ता संघका सल्लाहाकार छोटेलाल रौनियारले ब्रोकरहरुले आफुले तिर्नुपर्ने कर लगानीकर्ताको हितमा भन्दै गलत प्रचार गरिएको तथा ब्रोकर दलालहरुलाई कर कार्यालयले पहिल्यै कर तिर्न भनेपनि नतिरी एकाएक बजार बन्द गरेर लगानीकर्ताको पैसामा ब्रोकर आफै मालिक भएको बताएका छन् । उनले आजसम्म ब्रकरले लगानीकर्ताको हितमा कार्य नगरेको र अब पनि नगर्ने उद्घोष गरे ।
नेप्सेका महाप्रबन्धक सिताराम थपलिया विरुद्ध आफ्नो कडा अभिव्यक्ति दिएका रौनियारले नेप्सेले ब्रोकरहरुलाई नै मालिक बनाइराख्ने गरि अनलाईन टेड्रिङ र बैंकहरुलाई इजाजत दिने प्रकृयामा समेत ढिला गर्ने कार्यमा नेप्से महाप्रबन्धक थपलियाको संलग्नता रहेको आरोप लगाए ।
प्रतिक्रिया