वि.सं. २०८३ कार्तिक २६
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आइतबार सेयर कारोबार सञ्चान हुने ब्रोकर एसोसिएसनको भनाई

आइतबार सेयर कारोबार सञ्चान हुने ब्रोकर एसोसिएसनको भनाई
अर्थटुडे
२०७४ असार १७, शनिबार

काठमाडौं । सेयर दलालहरुले आइतबार कारोबार सूचारु गर्ने भएका छन् । कर कार्यालयले मूल्य अभिबृद्धि कर ( भ्याट) मा दर्ता हुन र बक्यौता तिनै ताकेता गरेको भन्दै बिहीबार एक्कासी सेयर बजार बन्द गरेको सेयर दलालहरुले आईतबार भने कारोबार सुचारु गर्ने भएका हुन् ।

शनिबार स्टक ब्रोकर एसोसिएसनको शनिबार बसेको बैठकले शुक्रबार भएको सहमति कार्यान्वयन हुने विश्वासमा आइतबार कारोबार चालु गर्ने निर्णय गरेको हो । शनिबार एशोसियशनका महासचिब सन्तोष मैनालीले हस्ताक्षर गरेको विज्ञप्ति जारी गरी अर्थ मन्त्रालयका राजश्व सचिवसँगको वार्तामा भएको सहमति कार्यान्वयन हुने विस्वाससहित आईतबार कारोबार सञ्चालन गर्ने निर्णय गरेको बताएको छ ।

समस्या समाधानका बारेमा धितोपत्र बोर्ड, नेप्से, आन्तरिक राजश्व बिभागसँग पनि छलफल भएको एशोसियशनले जनाएको छ । एशोसियशनले कर कार्यालयले केही सेयर दलालहरुलाई चार बर्षको प्रारम्भिक भ्याट मुल्यांकन गरी सो बुझाउन र भ्याटमा दर्ता भएर मात्र कारोबार गर्न असार १४ गते पत्र काटेको र भ्याटको प्रक्रियागत अन्योलले असार १५ गते बिहीबार कारोबार रोकिएको जनाएको छ ।

सो दिन कारोबार रोकिएर लगानीकर्ता तथा सरोकारवाला निकायहरुमा पर्न गएको असुबिधाप्रति संघले दुख ब्यक्त गरेको छ । बिहीबार उनीहरुले एक्कासी सेयर कारोबार बन्द गरेपछि सबैतिरबाट तीब्र आलोचना भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?