काठमाडौं । लगानीकर्ताले सेयर कारोबार गरेको तिन दिनमै राफसाफ र भुक्तानी हुने भएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले आजदेखि सेयर कारोबारपछि राफसाफ र भुक्तानीमा टि प्लस २ नियम लागू गरेको हो ।
असार १८ गतेदेखि थप तीनवटा क्लियरिङ बैैंकले काम सुरु गरेको र अब राफसाफ छिटो हुने भएपछि सिडिएसले यस्तो नियम कार्यान्वयमा ल्याएको हो ।

प्रतिक्रिया