वि.सं. २०८३ कार्तिक २६
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

वित्तिय र प्रविधिको पहुँचको अभावमा लघु घरेलु तथा साना उद्योगको विकास भएन

वित्तिय र प्रविधिको पहुँचको अभावमा लघु घरेलु तथा साना उद्योगको विकास भएन
अर्थटुडे
२०७४ असार २१, बुधबार

काठमाडौ । अर्थतन्त्रको मेरूदण्डका रूपमा रहेका घरेलु तथा साना उद्योग आवश्यक वित्तीय पहुँच अभावले फष्टाउन नसकेको सरोकारवालाहरूले गुनासो गरेका छन् ।  यस्ता उद्योगका लागि आवश्यक पर्ने वित्तीय पहुँच नै उद्यमीका लागि मुख्य चुनौति रहेको उनीहरूको भनाई थियो ।

एसियाली उत्पादकत्व संगठन (एपिओ) जापानको सहयोगमा नेपाल घरेलु तथा साना उद्योग महासंघ र राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्रको संयुक्त आयोजनामा बुधबारदेखि ललितपुरको कुपण्डोलमा सुरु भएको ‘लघु, साना मझौला उद्योग विकास सम्बन्धी अन्तराष्ट्रिय नीति’ विषयक कार्यशाला गोेष्ठीको उद्घाटन समारोहमा बोल्ने वक्ताहरूले यस्तो बताएका हुन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले वित्तीय र प्रविधि पहुँच नै  लघु, घरेलु तथा साना उद्योगहरूका मुख्य चुनौतिको रूपमा रहेको भन्दै  –‘ मुलुकका वाणिज्य तथा विकास बैंकहरूले ठूला ठूला लगानीमा रूचि देखाउँछन भने ग्रमीण क्षेत्रमा सञ्चालित लघुवित्तहरूले गरिबी निवारणका लागि सघाउँदै आएका छन् लघु, घरेलु तथा साना उद्योगलाई सम्बोधन हुन सकेन ।’

संख्यात्मक हिसाबले पनि कम हँुदै गइरहेका लघु घरेलु तथा साना उद्योगको विकासको पहिलो र अनिवार्य शर्त भनेको वित्तीय र प्रविधि पहुँच भएकोमा जोड दिंदै उनले भने – ‘कृषिमा धेरै प्रोजेक्टले अनुदान दिन्छन तर यो क्षेत्रमा न कुनै इन्सेन्टिभ छ नत सहज वित्तीय पहँच नै छ ।’

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले मुलुकमा लघु, घरेलु तथा साना उद्योगको विकासबिना आर्थिक समृद्घि सम्भव नभएको भन्दै बैंकिङ पहुँच नपुगेका दुर्गम क्षेत्रहरूमा पनि बैंकिङ पहुँच पु¥याउने योजना अनुरूप राष्ट्र बैंकले काम गरिरहेको बताए ।

लघु तथा घरेलु उद्यमीलाई आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता औंल्याउँदै उनले लघु उद्योगको विकास गर्न सकेमा मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने बताए । मुलुकमा वित्तीय जागरण ल्याउनुपर्ने आवश्यकता औंल्याउँदै उनले वित्तीय साक्षरता सम्बन्धी रणनीति तयार गरी सरकारलाई बुझाएको बताए । नयाँ संविधानअनुसार मुलुकमा संघीयता लागु भइसकेको भन्दै नेपाल राष्ट्र बैंकले सोहीअनुसार बैंकका शाखा विस्तार गर्नुपर्ने आफ्नो योजना अघि सारेकोे बताए ।

मुलुकका प्रत्येक नेपालीको बैंकमा खाता हुनुपर्ने र ७४४ वटै स्थानीय तहमा कमर्सियल बैंक राख्नका लागि नेपाल राष्ट्र बैंकले निर्देशन दिइसकेको भन्दै उहाँले मुलुकमा आर्थिक विकासलाई लिएर निराश हुनुपर्ने अवस्था नरहेको बताए ।
स्थानीय स्तरमा बैंक खोलिएसँगै विभिन्न विकासका पूर्वाधारहरू पनि विकास हुने र जसका कारण उद्योगधन्दा तथा आर्थिक कारोबार बढ्ने भन्दै उनले भने– ‘पछिल्लो समय विगतको तुलनामा वित्तीय पहुँच बढिरहेको छ, मुख्य गरी सिधै विदेशी लगानी आकर्षित गर्नुपर्ने हुन्छ ।’

हाल मुलुकको विभिन्न ३३२ स्थानमा मात्र बैंकको उपस्थिति रहेको भन्दै तत्काल करिब सय स्थानमा उपस्थिति बढाउन लागिएको उहाँले बताए ।

घरेलु तथा साना उद्योग विभागका महानिर्देशक शत्रुधन पुडासैनीले उद्योगलाई प्रवद्र्धन र विकास गर्न बनेका निजी क्षेत्रका संघ/संस्थाहरू अघि बढ्न जरूरी भएको भन्दै स्थानीय निकायमा रहेका उद्योगहरूलाई सक्रियका साथ अघि बढाउनुपर्नेमा जोड दिए । नयाँ बनेको औद्योगिक ऐन उद्योगी÷व्यवसायीको हितमा रहको भन्दै उहाँले प्रभावकारी उपयोग गर्नुपर्ने बताउनुमा जोड दिए ।

उद्योग मन्त्रालयका सहसचिव पुरुषोतम नेपालले मुलुक राजनीतिक मुद्दाबाट आर्थिक मुद्दामा गएको बताउनुभयो । उद्योग मन्त्रालयका निमित्त सचिव गोपिकृष्ण खनालले छिमेकी मुलुक (भारत)मा पनि सरकारभन्दा निजी क्षेत्र विकास गर्ने क्रममा अघि रहेको भन्दै उद्योग व्यवसायको विकासमा निजी क्षेत्र अघि बढ्नुपर्नेमा जोड दिए ।
तीन दिनसम्म सञ्चालन हुने उक्त राष्ट्रिय स्तरको गोष्ठीमा जापान, इन्डोनेसिया, मलेसियालगायत मुलुकबाट आएका विज्ञहरूले लघु, साना मझौला उद्योग विकास सम्बन्धी आफ्ना कार्यपत्र प्रस्तुत गर्ने छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?