काठमाडौं । एनसेलको नयाँ प्रवन्ध निर्देशकमा सुरेन जे.अमरासेकरा नियुक्त भएका छन् । उनी श्रीलंकाली मुलका मलेसियाली नागरिक हुन् । एनसेलको सञ्चालक समितिले अमरासेकरालाई जुलाई १ देखि लागु हुने गरी प्रबन्ध सञ्चालकमा नियुक्त गरेको हो ।
डेढ बर्ष अघि प्रबन्ध निर्देशकमा नियुक्त भएका साइमन पर्किन्सलाई एक्जियटा कम्पनीले मुख्य कार्यालयमा सरुवा गरेको छ । उनले त्यहाँबाट दक्षिण एशियामा एक्जियटाले लगानी गरेका कम्पनीको सञ्चालनमा सहयोग गर्ने एनसेलले विहिवार प्रेस विज्ञप्ती जारी गरी जानकारी दिएको छ ।
नयाँ प्रबन्ध सञ्चालक सुरेनसँग दूरसञ्चार क्षेत्रमा २५ वर्षको अनुभव भएको जानकारी रहेको पनि एनसेलले जानकारी दिएको छ । उनले टेलिकम्युनिकेसन्स् लिमिटेड (सिङ्गापुर), मोबीटेल (श्रीलङका), म्याक्सिस (मलेसिया) र एयरसेल (भारत) मा काम गरिसकेका छन् । उनले नौ वर्ष प्रमुख कार्यकारी अधिकृतका रुपमा र १६ वर्ष उच्च व्यवस्थापनको विभिन्न पदमा रहेर काम गरेको जानकारी पनि एनसेलले दिएको छ ।
सुरेनको नेतृत्वमा एनसेलले नयाँ कोसेढुंगा थप्दै, डिजिटल इन्क्लुजनद्वारा देशको समग्र प्रगतिमा योगदान पुर्याउने विश्वास एनसेल सञ्चालक समितिले लिएको कम्पनीले जारी प्रेस विज्ञप्तीमा छ । सञ्चालक समितिले पर्किन्सलाई संक्रमणको समयमा एनसेलको नेतृत्व गरी उल्लेखनीय योगदान पुर्याएको भन्दै धन्यवाद समेत दिएको छ ।
प्रतिक्रिया