वि.सं. २०८३ कार्तिक २६
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मार्जिन लेन्डिङमा कडाई गरेपछि सेयर बजारमा नकारात्मक असर पर्ने निश्चित

मार्जिन लेन्डिङमा कडाई गरेपछि सेयर बजारमा नकारात्मक असर पर्ने निश्चित
अर्थटुडे
२०७४ असार २५, आईतवार

काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन लेन्डिङ (सेयर धितो कर्जा)मा कडाई गरेको छ । बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजीमा वृद्धि भएसँगै यी संस्थाले जारी गर्न सक्ने सेयर धितोको कर्जामा पनि केन्द्रिय बैंकले कडाई गरेको हो ।

आइतबार मौद्रिक नीति सार्वजनिक गर्दै केन्द्रिय बैंकले बैंक तथा वित्तीय संस्थाले आफ्नो कोर क्यापिटल (चुक्ता पुँजी समेत) को ४० प्रतिशत भन्दा बढी सेयर धितो कर्जा प्रबाह गर्न पाउने व्यवस्था गरेको छ ।

यसअघि कोर क्यापिटलको शत प्रतिशत सेयर धितो कर्जा  कर्जा प्रबाह गर्न पाउने व्यवस्था गरेको थियो । त्यस्तै गरी केन्द्रिय बैंकले एकै सूचीकृत कम्पनीको सेयर धितोमा कर्जा प्रवाह गर्दा भने बैंक तथा वित्तीय संस्थाले अब कोर पुँजीको १० प्रतिशत मात्र कर्जा लगानी गर्न पाउने व्यवस्था गरेको छ ।

बैंकहरुले सेयर धितोमा कर्जा जारी गर्दा सेयर मूल्यांकन गर्ने विधिमा भने परिवर्तन गरिएको छैन् । बैंकहरुले धितो राखिने सेयरको १ सय ८० दिनको मूल्य वा बजारको मूल्यमध्ये जुन कम हुन्छ त्यसको त्यसको बढिमा ५० प्रतिशतमात्र लगानी गर्न पाउँने छन् ।

नेपाल राष्ट्र बैंकले सरकारले तोकेको आर्थिक बृद्धि पूरा गर्नको लागि उत्पादनशील क्षेत्रमा लगानी बढाउनु पर्ने भएकोले अनुत्पादक क्षेत्रमा जाने कर्जालाई कडाई गर्ने नीति अबलम्बन गरेको हो । सोही अनुरुप सेयर धितो कर्जामा कडाई गरेको राष्ट्र बैंकले जनाएको छ ।

सेयर धितो कर्जामा कडाई गरेसँगै सेयर बजारमा भने नकारात्मक असर पर्ने निश्चित रहेको छ । धेरै जसो लगानीकर्ताहरुले सेयर धितो राखेर ऋण लिएका छन् उनीहरुको ऋणलाई ४० प्रतिशतमा झार्नको लाािग बैंक तथा वित्तिय संस्थाले ऋण उठाउन थाल्ने छन् जसको कारण विक्रिमा चाप पर्न गई बजार घट्न सक्छ ।

त्यस्तै सेयर धितो राखेर लिएको कर्जाले लगानीकर्ताहरुले कम्पनीले जारी गरेका हकप्रद सेयर किनी रहेका छन् । सेयर धितो कर्जामा कडाइ भएपछि हकप्रद सेयर भर्नको लागि रकम जोहो गर्न आफूसँग भएको सेयर विक्रि गर्दछन् । त्यसले पनि पुनः विक्रिमा चाप पर्दा बजार ओरालो लाग्ने देखिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?