काठमाडौं । बुधबार सेयर बजार (नेप्से) सामान्य अंकले उकालो लागेको छ । यसदिन नेप्से २.५५ अंकले उकालो लागेपनि कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम भने ३५ करोडले कमी आएको छ ।
बुधबार अधिकांस समूहमा गिरावट आएपनि वाणिज्य बैंक, विकास बैंक र बीमा समूह सकारात्मक रहेपछि बजार सामान्य बढेको हो । यसदिन वाणिज्य बैंक समूह ३.५९, विकास बैंक ७.२९ तथा बीमा २७.७१ अंकले बढेका छन । होटल,जलविद्युत, वित्त र अन्य समूह भने नकारात्मक रहेका छन । १५२ कम्पनीको कारोबार भएको बजारमा ३५ लाख ९७ हजार कित्ता सेयर ६४ करोड २ लाख रुपैयाँ बराबरमा किनबेच भए ।
बुधबारको बजारमा सोल्टी होटलको सबैभन्दा धेरै ७ करोड ६३ लाख बराबरको सेयर किनबेच भएको छ । मुक्तिनाथ विकास बैंकको संस्थापक सेयर पनि ३ करोड ७२ लाख बराबरको कारोबार भयो । नेपाल लाइफ र एनसीसी बैंक पनि उच्च कारोबार गर्ने कम्पनीको सूचिमा रहेका छन ।
यसदिन फरवार्ड माइक्रो,अरुण फाइनान्स, कर्णाली डेभलपमेन्ट र कुबेर मर्चेन्टको सेयरमूल्य दश प्रतिशतको हाराहारीमा बढेको छ । भने सिनर्जी फाइनान्स र नागरिक लगानीकोषको सबैभन्दा बढी चार प्रतिशतले सेयरमूल्य ओरालो लागेको छ । नागरिक लगानीकोषले अघिल्लो बर्षको कमाईबाट २१.८५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको थियो । कोषको प्रस्तावलाई लगानीकर्ताले खासै रुचाएको देखिएन ।
प्रतिक्रिया