काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) ले आधार व्याजदर (बेस रेट) नै साढे ११ प्रतिशत पुर्याएको छ । बैंकले आईतबार प्रकाशित गरेको सूचना अनुसार बैंकबाट ऋण लिनका लागि १८ प्रतिशतसम्म तिर्नुपर्ने भएको छ ।
साउन १ गते (आजबाट) लागू हुने सूचनामा बेस रेट ११.३६ प्रतिशत तोकिएको छ ।
बैंकले साधारण बचतमा ८ प्रतिशत र मुद्दतिमा १० प्रतिशत छ । यसैगरी कर्जामा बेस रेटमा २ प्रतिशतदेखि ७ प्रतिशत थपेर व्याजदर तोकिएको छ ।
तरलता अभावको कारण देखाउदै बैंकले महिनैपिच्छे व्याजदर बढाइरहेका छन् ।

प्रतिक्रिया