वि.सं. २०८३ कार्तिक २६
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सेयर आवेदनमा आश्वा अनिवार्य, सबै आवेदनकर्तालाई १० कित्ता अनिवार्य

सेयर आवेदनमा आश्वा अनिवार्य, सबै आवेदनकर्तालाई १० कित्ता अनिवार्य
अर्थटुडे
२०७४ श्रावण १, आईतवार

काठमाडौं । आजदेखि आर्थिक वर्ष २०७४\७५ सुरु भएको छ । नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार साधारण सेयर (आइपिओ) मा आवेदन दिनका लागि आश्वा प्रणाली अनिवार्य रुपमा लागू भएको छ भने सबै लगानीकर्तालाई न्यूनतम १० सेयर समेत ग्यारेन्टी गरिएको छ । यस नियमबाट ओपिओमा आवेदन दिन सजिलो भने छ भने साना लगानीकर्ता लाभान्वित हुने भएका छन् ।

धितोपत्र बोर्डले कार्यान्वयमा ल्याएको आश्वा प्रणालीमा लगानीकर्ताले आफ्नो खातामा पैसा रोक्का राखेर सेयरमा आवेदन दिन सक्नेछन् र सेयर बाँडफाड भएपछि सेयर परेको रकम खिचेर खाता फुकुवा हुन्छ । यस प्रणालीबाट सेयर भर्न आफ्नो खाता भएको बैंकबाटै मिल्ने भएकाले लामो लाइन र बिक्री प्रवन्धकले तोकेको काउन्टरमा पुग्नुपर्ने बाध्यता पनि अन्त्य भएको छ ।
धितोपत्र बोर्डले गत माघदेखि एच्छिक रुपमा कार्यान्वयमा ल्याएको आश्वा प्रणाली साउनबाट अनिवार्य गरेको हो । यसैगरी बैंक तथा वित्तीय संस्थाले आश्वा सेवा निशुल्क समेत दिने घोषणा गरेकाले पनि लगानीकर्तालाई फाइदा हुनेछ ।

यस्तै आजैबाट लागू भएको धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका २०७४ अनुसार अब आइपीओ भर्ने प्रत्येकलाई  अनिवार्य १० कित्ता सेयर दिनुपर्नेछ । तर, अत्याधिक आवेदक भएमा भने फेरि यसमा पनि गोलाप्रथा नै गर्नुपर्ने अवस्था आउन सक्नेछ । पुरानो नियम अनुसार सेयर बाँडफाँट हुँदा ठूला लगानीकर्ता बढी हाबी हुन्थे । नयाँ व्यवस्था अनुसार साना लगानीकर्ता लाभान्वित हुने बोर्डको दावी छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?