काठमाडौँ । हिमालयन पावर पार्टनरले निष्काशन गरेको साधारण सेयर (आइपीओ) को बाँडफाँड भोलि हुने भएको छ । कम्पनीको निष्कासन तथा विक्रि प्रबन्धकको रुपमा रहेको ग्लोबल आइएमइ क्यापिटलका अनुसार आइपीओमा आवेदन दिनेजति सबैले १० कित्ता सेयर पाउने छन् ।
कम्पनीका अनुसार बुधबार विहान ११ बजे एल्लो पेगोडा होटलमा दुबै पक्ष बसेर बाँडफाँड गरिने छ । धितोपत्र बाँडफाँड निर्देशिका २०७४ अनुसार, सबै लगानीकर्ताले १० कित्ता शेयर पाउने छन् । सोही निर्देशिका अनुसार नै बाँडफाँड गरिन लागेको आइएमइ क्यापिटलले जनाएको छ ।
कम्पनीको आइपिओमा करिब ६४ हजार लगानीकर्ताले साढे आठ अर्ब रुपैयाँको आवेदन दिएका थिए । धितोपत्र बाँडफाँड निर्दे्शिका २०७४, अनुसार दुई लाखसम्म आबेदन परे ३० दिन, दुई लाखदेखि तीन लाखसम्म परे चालिस दिन र तीन लाखभन्दा जति बढि आबेदन परेपनि ५० दिनमा बाँडफाँड गर्नु पर्ने नियम छ ।
सोहि नियम अनुसार क्यापिटलले ३० दिनभित्र शेयर बाँडफाँड गर्न लागेको हो । कम्पनीले २१ करोड ३० लाख ४३ हजार रुपैयाँ बराबरको २१ लाख ३० हजार ४३० कित्ता शेयर निष्कासन गरेको थियो ।
प्रतिक्रिया