वि.सं. २०८३ कार्तिक २६
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बैंकहरु सेयर धितो कर्जा थप बढाउन सक्ने अवस्थामा, सिटिजन्स बैंकले मात्र तोकिएको सिमा नघायो

बैंकहरु सेयर धितो कर्जा थप बढाउन सक्ने अवस्थामा, सिटिजन्स बैंकले मात्र तोकिएको सिमा नघायो
अर्थटुडे
२०७४ श्रावण ४, बुधबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको मार्जिन लेन्डिङ (सेयर धितो कर्जा) को नयाँ मापदण्ड अनुसार बैंकहरुले यस क्षेत्रमा थप कर्जा बढाउनसक्ने अवस्थामा देखिएका छन् । बैंकहरुको पुँजी वृद्धि भएकाले पनि बैंकहरुले थप कर्जा विस्तार गर्न सक्ने भएका हुन् ।

राष्ट्र बैंकले तोकेको मापदण्ड अनुसार हाल सिटिजन्स बैंकले मात्र सेयर धितो कर्जा थप बढाउन सक्ने अवस्थामा छैन । उसले प्राथमिक पुँजीको ४०.१३ प्रतिशत सेयर धितोमा लगानी गरिसकेको छ । यसैगरी सानिमाले ३७ प्रतिशत, सनराइजले ३०, प्रभुले २८ प्रतिशत लगानी गरेको छ । सबैभन्दा कम माछापुच्छ«े बैंकले ०.४४ प्रतिशत मात्र लगानी गरेको छ ।

गत आर्थिक वर्षको चैतसम्ममा बैंकहरुले ३३ अर्व ४४ करोड मार्जिक कर्जा लगानी गरेको छन् । जुन समग्रमा प्राथमिक पुँजीको १३ प्रतिशतमात्र हो । बैंकहरुसँग अझै २७ प्रतिशत कर्जा विस्तार गर्न सकिने क्षेत्र बाँकी छ ।

मौद्रिक नीति सार्वजनिक गर्दै केन्द्रिय बैंकले बैंक तथा वित्तीय संस्थाले आफ्नो कोर क्यापिटल (चुक्ता पुँजी समेत) को ४० प्रतिशत भन्दा बढी सेयर धितो कर्जा प्रबाह गर्न पाउने व्यवस्था गरेको छ ।

यसैगरी एकै सूचीकृत कम्पनीको सेयर धितोमा कर्जा प्रवाह गर्दा भने बैंक तथा वित्तीय संस्थाले अब कोर पुँजीको १० प्रतिशत मात्र कर्जा लगानी गर्न पाउने व्यवस्था गरेको छ ।

बैंकहरुले सेयर धितोमा कर्जा जारी गर्दा सेयर मूल्यांकन गर्ने विधिमा भने परिवर्तन गरिएको छैन् । बैंकहरुले धितो राखिने सेयरको १ सय ८० दिनको मूल्य वा बजारको मूल्यमध्ये जुन कम हुन्छ त्यसको त्यसको बढिमा ५० प्रतिशतमात्र लगानी गर्न पाउँनेछन् ।

कुन बैंकको कति लगानी (हेर्नुहोस् तालिकामा) स्रोत : कारोबार

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?