काठमाडौं । सिभिल बैंकको करिब ६० लाख कित्ता सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएको छ ।
बैंकले हामा मर्चेन्ट र यूनिक फाइनान्स खरिद गरेपछि कायम सेयर र बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गरेको बोनस सेयर सूचिकृत गराएको हो ।
बैंकले हामा र यूनिकको ४६ लाख ९४ हजार कित्ता सेयर सूचिकृत गरेको हो । अब साविकका हामा र यूनिक फाइनान्सका सेयरधनीले सिभिल बैंकको नामबाट कारोबार गर्न सक्नेछन् ।
यसैगरी बोनस वितरित १३ लाख २० हजार कित्ता सेयर पनि सूचिकृत भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया