वि.सं. २०८३ कार्तिक २५
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले प्रहरीलाई तालिम दिने

अर्थटुडे
२०७४ श्रावण १३, शुक्रबार

काठमाडौं । नेपाल प्रहरी र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच क्षमता अभिवृद्धि र रणनितिक सहकार्य गर्ने सम्बन्धी समझदारी भएको छ । समझदारीमा एनबीआईका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बा र नेपाल प्रहरी का प्रमुख प्रकाश अर्यालले हस्ताक्षर गरे ।

समझदारी अनुसार नेपाल प्रहरी ले छनौट गरेर पठाएका अनुुसन्धानमा संलग्न हुने कर्मचारी तथा अन्य अधिकारीलाई अन्तराष्ट्रिय चासो का विषयहरु मध्यको सम्पती शुद्धिकरण र एन्टी फ्रड सर्टिफिकेशन तालिम का साथै उपयुक्त हुने सम्मेलन, कार्यशाला र गोष्ठीमा सहभागीता गराउनेछ ।
हस्ताक्षर कार्यक्रममा एनबीआईका सीईओ सुब्बाले एनबीआईको मुख्य उद्देश्य बैंक तथा वित्तीय संस्था एवं नियामक निकाय, नीति निर्माता तथा कानून कार्यान्वयन ईकाइहरु लगायत सम्बन्धित सम्पूर्ण सरोकारवाला पक्षहरुको दक्षता अभिवृद्धि गर्नु रहेको बताए । यसैगरी नेपाल प्रहरी का प्रमुख अर्यालले पनि साझेदारीसँगै वित्तीय क्षेत्र सम्बद्घ अपराध अनुसन्धानमा सक्रिय अधिकारीहरुलाई अपराधको अध्ययन तथा अनुसन्धान गर्न आवश्यक ज्ञान तथा सीप उपलब्ध गराउन उपयुक्त माध्यम हुने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?