वि.सं. २०८३ कार्तिक २६
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

याम्बालिङ् खोलामा चिनीया कम्पनी जोङदिङको लगानी

याम्बालिङ् खोलामा चिनीया कम्पनी जोङदिङको लगानी
अर्थटुडे
२०७५ जेष्ठ ९, बुधबार

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका स्थित याम्बालिङ् खोलामा निर्माण हुने ७.२७ मेगावाट विद्युत उत्पादनको लागि चाईनिज कम्पनी जोङदिङ ईन्टरनेसनल ईन्जिनिरियङले लगानी गर्ने भएको छ । कम्पनीले बुधबार पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी दिएको हो ।


याम्बालिङ् हाईड्रोपावका अध्यक्ष कमान सिंह लामाले आगामी दुईवर्ष भित्र आयोजना निर्माण सम्पन्न गरी उत्पादन सुरु गर्ने बताए । १ अर्व २० करोडको लागतमा बन्ने उक्त आयोजनासँगै थप ४० मेघावाट विद्युत आयोजना सम्पन्न गर्नेगरी रकम समेतका लागि सम्झौता भएको उनले जानकारी दिए ।

‘थप ४० मेगावाटको निमार्णको लागि समेत समझदारीमा हस्ताक्षर भएको छ, कुल लागत ८ अर्व २० करोड लगानी सहित ९ अर्व ४० करोड नेपाली रुपैयाँ पहिलो र दोस्रो योजनामा लगानी गर्ने सहमति भएको छ’ लामाले भने ।
उत्पादित विद्युत ३३ केवि प्रसारण लाईन मार्फत ६ किमि टाढा रहेको नेपाल विद्युत प्राधिकरणको प्रस्तावित सव स्टेशन लगेर जोडिने छ । ६ वर्षभित्र लगानी फिर्ता हुने कम्पनीको दावी छ ।

याम्बालिङ् हाईड्रोपावर निमार्णको लागि स्वदेशी लगानी तर्फ कुमारी बैंकको नेतृत्वमा ऋण लगानी हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?