काठमाडौं । जापान सरकारले भूकम्पबाट क्षतिग्रस्त बनेपादेखि बर्दिबाससम्मको वीपी राजमार्ग पुनर्निर्माण एक अर्ब आठ करोड ५० लाख रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ । सहयोगसम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव डा. राजन खनाल र नेपालका लागि जापानी राजदूत मिसामिची साइगाले हस्ताक्षर गरे ।
१६० किमि लामो वीपी राजमार्गको २० ठाउँमा भूकम्पले क्षति पुर्याएको छ । जापान सरकारको अनुदानमा निर्माण भएको राजमार्ग क्षचि भएपछि यसको पुनर्निर्माणका लागि पनि जापान सरकारले नै सहयोग गरेको हो ।
विग्रिएको सडकको पूर्ननिर्माण सन् २०१९ मार्चबाट सुरु गरेर २०२० को जुलाईसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
प्रतिक्रिया