काठमाडौं । भूकम्पबाट पुरानो धरहरा क्षतिग्रस्त भएपछि सोही स्थान नजिकै नयाँ धरहरा निर्माण सुरु भएको छ । अहिले धरहरा आसपासको भौतिक संरचना हटाउने तथा सरसफाई गर्ने काम भईरहेको र तिहार अगाडी नै औपचारिक शिल्यान्यास गरी निर्माणलाई अघि बढाउने राष्ट्रिय पुननिर्माण प्राधिकरणले जानकारी दिएको छ ।
२२ तलाको बन्ने उक्त धरहराको लागि प्राधिकरणले आह्वान गरेको ठेक्काको आर्थिक प्रस्तावमा सबैभन्दा कम ठेक्का प्रस्ताव गर्ने कम्पनीमा जिआइइटिसी–रमन जेभीले उक्त ठेक्का पाएको थियो । रमन जेभीले ३ अर्ब ३८ करोड रुपैयाँमा ठेक्का लिएको उक्त धरहराको निर्माण अवधि भने २ वर्षको छ ।
भूकम्पले क्षतिग्रस्त भएको धरहरालाई भने सिसाले छोपेर संरक्षण गर्ने सरकारको योजना छ ।
प्रतिक्रिया