वि.सं. २०८३ कार्तिक २५
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दोहोरो शेयर भरेको पाएपछि माथिल्लो तामाकोशीको सेयर बाँडफाँडमा ढिलाई, मंगलबार शेयर बाँडफाँड हुने

दोहोरो शेयर भरेको पाएपछि माथिल्लो तामाकोशीको सेयर बाँडफाँडमा ढिलाई, मंगलबार शेयर बाँडफाँड हुने
अर्थटुडे
२०७५ मंसिर ७, शुक्रबार

काठमाडौं । माथिल्लो तामाकोशीले जारी गरेको प्राथमिक शेयर बाडफाँडमा केही समस्या देखिएपछि केही समय ढिला भएको छ । सर्वसाधारणहरुले दोहोर्याएर आवेदन दिएको पाइएपछि शेयर बाँडफाँडमा ढिलाई भएको हो ।

सो आयोजनाको विक्रि प्रबन्धकको जिम्मा पाएको नागरिक लगानी कोषले छानविन गर्दा करिव ६ हजार भन्दा बढीले दोहोर्याएर आवेदन दिएको भेटेको छ । नागरिक लगानी कोषका मर्चेन्ट बैंक विभागका प्रमुख रोशनजंग कार्कीका अनुसार दोहोर्याएर आवदेन दिनेको आवेदन रद्ध हुनेछ ।

उनका अनुसार योग्य आवेदन सिडिएससीमा पठाउने काम भैरहेको र आगामी मंगलबार शेयर बाँडफाँड गरिने छ । सर्वसाधारणको लागि निष्काशन गरिएको आइपिओमा तीन लाख ४६ हजार १६६ जनाले ६ अर्ब ७० करोड रुपैयाँको लागि आवदेन दिएका थिए । ६ हजार आवेदकको आवेदन रद्ध भएसँगै अधिकतम ५० कित्ता शेयर पाउनेको संख्या बढ्ने कार्कीले जानकारी दिए ।

कम्पनीले कात्तिक १५ गतेदेखि १९ गतेसम्म एक करोड ५० लाख ९० हजार ७५० कित्ता शेयर सर्वसाधाणको लागि निष्काशन गरेको थियो । कम्पनीले सर्वसाधारणतर्फ एक करोड ५८ लाख ८५ हजार कित्ता मध्ये ५ प्रतिशत अर्थात ७ लाख ९४ हजार २५० कित्ता सामुहिक लगानी कोषका लागि बाँडफाँड गरिसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?