वि.सं. २०८३ कार्तिक २५
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राष्ट्रिय जवलायु सम्मेलन पुस १६ र १७ मा, रोयल्टीको माग प्रमूख मुद्धा

राष्ट्रिय जवलायु  सम्मेलन पुस १६ र १७ मा, रोयल्टीको माग प्रमूख मुद्धा
अर्थटुडे
२०७५ मंसिर २७, बिहीबार

काठमाडौं । सिन्धुपाल्चोकको गुफाडाडामा पुस १५ र १६ गते राष्ट्रिय जलयावु सम्मेलन हुने भएको छ । जिल्ला समन्वय समिति महासंघको नेतृत्वमा गुफाडाडामा सो सम्मेलन हुन लागेको हो ।

गुफाडाडा सिन्धुपाल्चोकको इन्द्रावती गाउपालिका, पाचपोखरी थाङपाल गाउपालिका र मेलम्ची नगरपालिकाको संगमस्थान हो । यस स्थानबाट जुगल र गौरिशंकर हिमालको हिमशृङखलाहरु देख्न सकिने, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौ र नुवाकोटका मनोरम दृष्य स्पष्ट देख्न सकिने छन् ।

राष्ट्रिय गौरवको आयोजना तथा बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको बाटो हुदै सो स्थानमा पुग्न सकिने र त्यहाँबाट जिल्लाको सवै भाग स्पष्ट देख्न र जलवायु परिवर्तनको असर प्रत्यक्ष महसुस गर्न सकिने भएकोले सो स्थानमा सम्मेलनको आयोजना गरिएको जिल्ला समन्वय समितिका सभापति कृष्णगोपाल तामाङले जानकारी दिए ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय समुदाय, विषेषगरी अन्तराष्ट्रिय स्तरका दातृनिकायलाई जलवायु परिवर्तको असर विषेषगरी सिन्धुपाल्चोकमा कस्तो देखिएको छ भन्ने विषयमा जानकारी दिने उदेश्यले पनि सो सम्मेलनको आयोजना गरिएको संयोजक तामाङले बताए ।

संयोजक तामाङले भने,‘ सो सम्मेलनमा भागलिनेहरुले मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्गमा पनि प्रवेश गर्ने मौका पाउने छन् । सम्मेलनबाट जलवायु परिवर्तनको विषयलाई राष्ट्रिय तथा अन्तराष्ट्रियकरण गरिने छ । तामाङका अनुसार सम्मेलनमा ६ जनाले विज्ञले जलवायु परिवर्तनले सिन्धुपाल्चोकको आर्थिक, सामाजिक, पर्यटकीय, कृषि, पानीको स्रोत, वातावरणीय रुपमा कस्तो असर पारेको छ ? भन्ने विषयमा पनि अनुसन्धनात्मक कार्यपत्र प्रस्तुत हुने छ ।
तामाङले सो सम्मेलनमा जलवायु परिवर्तनको प्रभाव कसरी कम गर्ने ? कृषि, पानीको स्रोत, पर्यटन वनजंगल, जैविक विविधतालाई कसरी जोगाइराख्ने भन्ने विषयमा एकीकृत योजनाहरु बनाउने र सिन्धुपाल्चोक घोषणापत्रको रुपमा सार्वजनिक गरिने पनि जानकारी दिए ।

हामीले विकसित देशहरुले उत्सर्जन गरेको अत्यधिक कार्वनको सामाना गरिरहेका छौ, ‘ दुई ठूला विकासशिल देश भारत र चीनले उत्सर्जन गरेको कार्वनले हामीलाई प्रत्यक्ष असर गरिरहेको छ त्यसैले नेपालको विकासमा र यसको प्रभाव न्युनिकरण गर्नका लागि ति दुवैदेशले रोयल्टी दिनुपर्दछ,’ तामाङले भने । उनले ति ठूला दुई देशबाट रोयल्टीको दिनुपर्ने माग पनि सो सम्मेलनबाट अघि सारिने तामाङले बताए ।

सो सम्मेलन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने छन् भने सातै प्रदेशका मुख्य मन्त्री, संघिय तथा प्रादेशिक मन्त्रीहरु र सभासद, पत्रकार र सरोकारवाला निकायहरुको उपस्थिति रहने छ । तामाङले सम्मेलन स्थल वातावरणमैत्री बनाउनका लागि समन्वय समिति दिलोज्यान दिएर लागिपरेको पनि बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?