वि.सं. २०८३ कार्तिक २५
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रसुवागढी र सान्जेनको आइपीओ बैशाख ६ देखि, उर्जामन्त्री पुनले एक हजार कित्ता आवेदन दिने

रसुवागढी र सान्जेनको आइपीओ बैशाख ६ देखि, उर्जामन्त्री पुनले एक हजार कित्ता आवेदन दिने
अर्थटुडे
२०७५ चैत्र २६, मंगलवार

काठमाडौं । जनताको जलविद्युत् कार्यक्रमम अन्तर्गत परेको रसुवागढी र सान्जेन जलविद्युत् कम्पनीको साधारण सेयर बैशाख ६ गतेदेखि सर्वसाधरणको लागि आवेदन खुल्ला गरिएको छ । सो आयोजनामा उर्जा, जलस्रोत तथा सिचाईं मन्त्री वर्षमान पुनले पनि रसुवागढी र सान्जेन जलविद्युत् कम्पनीको एक हजार कित्ताका लागि आवेदन दिने घोषणा समेत गरेका छन् ।
मंगलबार उर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पुनले रसुवागढी र सान्जेन जलविद्युत् कम्पनीको साधारण सेयर आफूले एक हजार कित्ता किन्ने र यसपालि एकसय कित्ता पर्ने सम्भावना रहेको समेत बताए ।
मंगलबार दुवै कम्पनीको एकैसाथ साधारणसेयर निश्काशनबारे जानकारी दिन मंगबलार पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । मन्त्री पुनले यसअघि जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत जारी गरिएको माथिल्लो त्रिशुली थ्री बीमा एक हजार कित्ताका लागि आवेदन दिदा २० कित्तामात्रै परेको स्मरण गर्दै ‘माथिल्लो त्रिशुली थ्री बीमा प्रधानमन्त्री ज्यूले पनि आवेदन दिनु भयो, यसको सन्देश राम्रो गएकोले धेरैको आवेदन पर्दा आफूले २० कित्तामा चित्त बुझाउनुपरेको बताए ।
त्यसैगरी यि दुई आयोजनाहरुमा पनि आकर्षण देखिने विश्वास आफूमा रहेको भन्दै मन्त्री पुनले दुवै आयोजनामा सर्वसाधरणले आइपीओ भर्नेमा आफू ढुक्क रहेको दावी गरे ।
मंगलबार दुबै आयोजनाले एकैपटक सार्वजनिक सूचना जारी गरेर सर्वसाधारणबाट सेयर आवेदन माग गरेका छन् । दुबै आयोजनाले यही बैशाख ६ गतेदेखि छिटोमा १० गते र ढिलोमा जेठ ५ गतेसम्मलाई शेयर बिक्री हुने गरी आवेदन खुलाएका छन् ।
रसुवागढी जलविद्युत कम्पनीको शेयरमा पनि न्युनतम ५० देखि अधिकतम ५ हजार कित्तासम्मको आवेदन दिन सकिने छ । यो जलविद्युत् आयोजनको ६ अर्ब ८४ करोड पुँजीमध्ये १५ प्रतिशतको दरले १ करोड २ लाख ६३ हजार १५० कित्ताको शेयर निष्कासन गरेको हो ।् यसमध्ये ४ प्रतिशत कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्टाएर बाँकी ९३ लाख ३९ हजार ४६७ कित्ता शेयरको आईपीओ निष्कासन गरेको हो । यो आयोजनाले १११ मेगावाटको जलविद्युत् आयोजना बनाइरहेको छ ।
यसको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड हो भने सहायक कम्पनीमाा एनआईबीएल एस क्यापिटल, ग्लोबल आईएमई क्यापिटल र सनराइज क्यापिटल रहेको छ ।
त्यसैगरी सान्जेन जलविद्युतमा माथिल्लो सान्जेन १४.८ मेगावाट र सान्जेन जलविद्युत् आयोजना ४२.५ मेगावाट रहेको छ । यो जलविद्युत् आयोजनाले न्युनतम ५० कित्ता र अधिकतम २ हजार कित्ताको लागि आवेदन माग गरेको छ ।
यो आयोजनको पूँजी ३ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । यो आयोजनाले उक्त पुँजीको १५ प्रतिशतको मात्रै शेयर आवेदन माग गरेको छ । यसको ५४ लाख ७५ हजार कित्ता शेयरमध्ये ५ प्रतिशत सामूहिक लगानी कोषका लागि, र ४ प्रतिशत कर्मचारीलाई छुट्याएर बाँकी ४९ लाख ८२ हजार २५० कित्ता शेयरको आइपीओ जारी गरेको हो ।

यसको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोष हो भने सहायकमा सनराइज क्यापिटल लिमिटेड र एनएमबी क्यापिटल लिमिटेड हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?