वि.सं. २०८३ कार्तिक २६
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी टुक्रने !

हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी टुक्रने !
अर्थटुडे
२०७७ कार्तिक २४, सोमबार

काठमाडौं । सरकारले सहकारी संस्थाहरुबिच मर्जरलाई प्रोत्साहन गरिरहेको बेला देशभर कार्यक्षेत्र रहेको हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था भने टुक्रने भएको छ । सात वर्षअघि ९ वटा सहकारी संस्थाबीच मर्जर गरी चर्चा कमाएको संस्थामा संचालकहरुबिच मनमुटाव बढेसँगै टुक्रने अवस्थामा पुगेको छ ।

हालसम्म १३ वटा सहकारी संस्थाहरु मर्जर गरी २४ वटा सेवा केन्द्रबाट कारोबार गर्दै आएको संस्थामा पुरानो ऋण असुली र संचालकहरुको कार्यशैलीका विषयमा मनमुटाव बढ्दै गएको छ । समाचार स्रोतका अनुसार केही संस्थाको पुराना ऋण असुलीका पुराना संचालकहरुले चासो नदिएको विषयमा विवाद बढेपछि संस्था विभाजन गर्ने विषयमा समेत छलफल हुन थालेको हो ।

संस्थाका सेयर सदस्यहरुबीच विवाद बढ्दै गएपछि संस्थाले चालु आर्थिक साधारणसभामा संस्था विभाजनसम्बन्धी प्रस्ताव समेत पेश गर्न लागेको छ ।

सहकारी ऐन २०७४ जारी भएपछि संस्था विभाजको प्रस्ताव पेश गर्न लागेको सम्भवत पहिलो संस्था हो ।

सहकारी ऐनमा संस्था मर्जरसँगै विभाजनको व्यवस्था समेत गरिएको छ ।

सहकारी संस्था एकिकरणदेखि नै अध्यक्षमा केबी उप्रेती रहेका छन् ।

अध्यक्ष उप्रेती साधारणसभामा विभाजको एजेन्डा राखिएपनि तत्काल टुक्रने कुनै सम्भावना नरहेको दावी गर्छन् ।
‘केही साथीहरुलाई कि पुरानो ऋण उठाउनुहोस् या संस्था विभाजन गर्नुहोस् भनेका छौं’ उनले भने, ‘तत्कालै संस्था टुक्र्याउने योजना छैन ।’

सगरमाथा सहकारीमा जनता बहुउद्देश्यीय, स्वयम्भू डल्लु बचत तथा ऋण, शुभलक्ष्मी बचत तथा ऋण, हिमशिखर बचत तथा ऋण, हौसला बहुउद्देश्यीय, हाम्रो गाउँ बचत तथा ऋण, भ्याली बहुउद्देश्यीय र मेगा बचत तथा ऋण सहकारीको एकिकरण गरी हाम्रो सगरमाथा नाममा कारोबार सुरु गरिएको थियो । त्यसपछि संस्थामा गोरखाको जनउत्थान कृषी सहकारी, तनहुँको ॐ शान्ती बचत तथा ऋण, काठमाडौंका मौलिक बचत तथा ऋण र कृयाशिल महिला बचत तथा ऋण सहकारी पनि मर्जर भएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?