वि.सं. २०८३ कार्तिक २६
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पाँच महिनामा पौने ९ खर्ब रेमिट्यान्स नेपाल भित्रियो

पाँच महिनामा पौने ९ खर्ब रेमिट्यान्स नेपाल भित्रियो
अर्थटुडे
२०८२ पुष २५, शुक्रबार

काठमाडौ । नेपालमा विदेशबाट भित्रने रेमिट्यान्सको बृद्धिदर ३५.६ प्रतिशतले बढेको छ । शुक्रबार केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ५ महिनाको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक गर्दै चालु आर्थिक वर्षका ५ महिनासम्ममा ८ खर्ब ७० अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको जनाएको छ । गत आर्थिक बर्षको पाँच महिनासम्ममा नेपालमा ६ खर्ब ४० अर्ब ४३ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो ।

राष्ट्र बैंकको तथ्यांक अनुसार२०८२ मंसिर महिनामा मात्रै १ खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो । जबकी २०८१ मंसिरमा १ खर्ब १८ अर्ब ७९ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो ।

रेमिट्यान्स निरन्तर बढे पनि चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको छ । अघिल्लो आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या उच्च भए पनि गत आर्थिक वर्षमा केही घटेको हो ।

चालु आर्थिक वर्षको मंसिरसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या १ लाख ७५ हजार ५९१ पुगेको छ ।

पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख ६३ हजार ९२४ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति संख्या १ लाख ९० हजार ३८४ र पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख ३५ हजार ४२५ थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?